close

२ करोड १ लाखले चलाउँछन् टेलिकमको मोबाइल डेटा

टेकपाना टेकपाना

माघ २२, २०७९ १२:२१

२ करोड १ लाखले चलाउँछन् टेलिकमको मोबाइल डेटा

काठमाडौँ ‍। नेपाल टेलिकमको मोबाइल डेटा प्रयोगकर्ताको संख्या दुई करोड एक लाख ६ हजार पुगेको छ । 

नेपाल टेलिकमको १९ औं वार्षिक उत्सवको अवसरमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले डेटा प्रयोगकर्ताको तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

निर्देशक पौडेललका अनुसार इन्टरनेट डेटा सेवातर्फ २०७९ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको जीएसएम मोबाइल डेटा सेवाका प्रयोगकर्ता २ करोड १ लाख ६ हजार रहेका छन् । यसमध्ये कम्पनीको फोरजी एलटिई सेवाका प्रयोगकर्ता १ करोड १५ लाख भन्दा बढी रहेका छन् ।

 यसैगरी कम्पनीको इन्टरनेट सेवा एडीएसएलका प्रयोगकर्ता ७८ हजार र एफटीटीएच डेटा सेवाका प्रयोगकर्ता २ लाख ११ हजार रहेका छन् । 

 

पछिल्लो अध्यावधिक: माघ २२, २०७९ १२:२१