close

स्मार्ट टेलिकमका रिचार्ज कार्ड सरकारले जिम्मा लिनुपर्छ: गोकुल बास्कोटा

टेकपाना टेकपाना

बैशाख १५, २०८० १८:२०

स्मार्ट टेलिकमका रिचार्ज कार्ड सरकारले जिम्मा लिनुपर्छ: गोकुल बास्कोटा

काठमाडौं । स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज भएपछि रिटेलरहरूले रिचार्ज कार्डमा गरेको लगानी जोखिममा परेको भन्दै यसको दायित्व सरकारले बहन गर्नुपर्ने नेकपा एमालेका नेता एवं सांसद गोकुल बाँस्कोटाले बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बाँस्कोटाले स्मार्टसेलको रिचार्ज कार्डमा रिटेलरले ५० करोड रुपैयाँ बढीकाे लगानी रहेकाे उनले बताए । यसबाट लगानीकर्ता असुरक्षित भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

"सडक-सडकमा रिटेलरहरू कुटिने काम बन्द होस् । चाँडै नै यो ठूलो समस्या भएर आउँदैछ," उनले भने, "एक लाख कार्ड कम्पनीले बजारमा पुर्‍याएको छ, जसमा रिटेलरको ५० करोड लगानी छ।" 

यस्तै १७ अर्ब बढी सरकारलाई तिर्नुपर्ने रकम, फ्रिक्वेन्सी प्रयोग गरेबापत तिर्नुपर्ने छ अर्ब बढी रकम लगायत बैंकको पाँच अर्बभन्दा बढी ऋणको कुनै व्यवस्थापन नगरी सरकारले कम्पनी खारेज गरेकोमा बास्कोटाले आपत्ति जनाए ।


 

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८० १८:२०