close

लाइसेन्स रद्द नभएसम्म सेवा सञ्चालनमा राख्न स्मार्टलाई प्राधिकरणको निर्देशन

टेकपाना टेकपाना

चैत २८, २०७९ ९:४८

लाइसेन्स रद्द नभएसम्म सेवा सञ्चालनमा राख्न स्मार्टलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई आफ्नो अनुमतिपत्र खारेज नभएसम्म सेवा नरोक्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै कम्पनीलाई यस्तो निर्देशन दिएको हो । 

स्वतः रद्द हुने अवस्थामा पुगेको स्मार्ट टेलिकमको लाइसेन्स जोगाउने प्रयास असफल भएसँगै कम्पनीले विभिन्न स्थानहरूमा आफ्नो सेवा बन्द गरेको गुनासो आइरहेको थियो । सोही गुनासाहरूको आधारमा प्राधिकरणले कम्पनीलाई सेवाको अनुमतिपत्र बहाल रहँदासम्म नियम कानुनको पालना गर्दै निरन्तर दूरसञ्चार सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । 

"दूरसञ्चार सेवालाई अति आवश्यक सेवाको रुपमा वर्गिकरण गरिएको दूरसञ्चार सेवा प्रदायकले दूरसञ्चार सेवाको अनुमतिपत्र बहाल रहँदासम्म नियम कानुनको पालना गर्दै निरन्तर दूरसञ्चार सेवा सञ्चालन गर्नुपर्ने दायित्व रहन्छ," सूचनामा उल्लेख गरिएको छ । 

साथै सेवालाई चुस्त दुरुस्त राख्न पनि प्राधिकरणले कम्पनीलाई निर्देशन दिएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २८, २०७९ १४:४३