काठमाडौं । नेपाल चिकित्सक सङ्घले आखाले हेरेकै भरमा जस्तो सुकै रोग निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल 'सिमान्त गुरु' उर्फ भरत केसीलाई कारबाही गर्न माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सङ्घले सामाजिक सञ्जालमार्फत सर्वसाधारण नागरिकहरूमा भ्रम सिर्जना गर्न खोजिएको प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै यस्तो माग गरेको हो ।
"स्वास्थ्य सेवा जस्तो सम्वेदनशील क्षेत्रप्रति नै भ्रम सिर्जना हुने किसिमबाट अस्वभाविक एवम् अतिरञ्जन गर्न खोजिनु दुखद पक्ष रहेको नेपाल चिकित्सक सङ्घको ठहर छ," विज्ञप्तिमा भनिएको छ ।
"त्यसैले यस प्रकारका अस्वभाविक र वैज्ञानिक रूपमा पुष्टि हुन नसकेका कुरालाई अविलम्ब बन्द गरी त्यस्ता कार्यमा संलग्नलाई कानून बमोजिम कारबाही गर्न नेपाल चिकित्सक सङ्घ नेपाल सरकार तथा सरोकारवाला निकायमा जोडदार माग गर्दछ ।"
'सिमान्तगुरु'ले एकछिन हेरेकै भरमा बिरामी निको भएको भ्रम छर्न भिडिओहरू बनाएर टिकटकमा अपलोड गर्दै आएका थिए । टिकटकमा एक लाख २७ हजार फलोअर रहेका उनका भिडिओअरूटिकटकमा मात्रै करोडौं पटक हेरिका छन् ।