close

अब १५ मिनेट भ्वाइस रेकर्ड गरेकै भरमा फोनले नै गरिदिनेछ तपाईंको आवाजमा कुराकानी

टेकपाना टेकपाना

जेठ ७, २०८० १८:३२

अब १५ मिनेट भ्वाइस रेकर्ड गरेकै भरमा फोनले नै गरिदिनेछ तपाईंको आवाजमा कुराकानी

काठमाडौं । एप्पल आईफोन प्रयोगकर्ताको लागि आवाज कल्मी गर्न सक्ने अर्थात् कसैको आवाज हुबहु कपि गर्न सक्ने फिचर ‘पर्सनल भ्वाइस फिचर’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो फिचरले प्रयोगकर्ताको जस्तै आवाज निकाल्न सक्ने क्षमता राख्छ । कम्पनीका अनुसार आवाज गुमाउने समस्या भएका र लामो समयसम्म बोल्न नसक्ने प्रयोगकर्तालाई यो फिचर उपयोगी हुनेछ । 

विस्तारै आवाज गुमाउन लागेका बिरामीहरूलाई लक्षित गरि यो फिचर तयार गरिएको हो । विभिन्न रोगका कारण आवाज गुमाउने बिरामीहरू धेरै हुन्छन् । यस्ता बिरामीले यो फिचर प्रयोग गरेपछि आफ्नै आवाजमा मोबाइलमा विभिन्न काम गर्न सक्ने कम्पनीको भनाइ छ । 

प्रयोगकर्ताले आफ्नो आवाज रेकर्ड गरेको १५ मिनेटमा नै एआईले उक्त आवाजलाई कपि गर्नेछ र भविष्यमा भिडिओ कल अथवा फोनकल गर्नको लागि प्रयोगकर्ताले टाइप गरेको कुरालाई प्रयोगकर्ताकै आवाजमा पठाउनेछ । 

भिडिओकल वा फोनकलमा यसरी प्रत्यक्ष कुराकानी पनि गर्न सकिनेछ । यसको अर्थ अब कुनै रोबोटको जस्तो आवाजमा प्रयोगकर्ताले भ्वाइस मेसेज पठाउनु पर्दैन । 

अहिले यो फिचर प्रारम्भिक चरणमा नै भएको कारणले प्रयोगकर्ताले यो फिचरबाट धेरै आशा नगर्दा पनि हुन्छ । तर कम्पनीले भने भविष्यका लागि यो फिचरको धेरै कामहरू थप गर्दै जाने योजना बनाएको छ । यो फिचर आईओएस १७ सँगै सार्वजनिक हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० १९:२५