close

९७० बाट सुरु हुने एनसेल नम्बरमा किन आउँदैन ओटीपी ? यस्तो छ कम्पनीको स्पष्टीकरण

टेकपाना टेकपाना

जेठ १२, २०८० १६:१६

९७० बाट सुरु हुने एनसेल नम्बरमा किन आउँदैन ओटीपी ? यस्तो छ कम्पनीको स्पष्टीकरण

काठमाडौं । एनसेल आजियटाले उपलब्ध गराउँदै आएको नयाँ नम्बरमा ओटीपी कोड नआउने समस्या भइरहेको छ । कम्पनीले वितरण गर्ने ९७० बाट सुरु हुने नम्बरमा विभिन्न कामका लागि अनलाइनमा साइनअप गर्दा ओटीपी कोड नआउने समस्या आएको हो । 

९७० बाट सुरु हुने एनसेलको नम्बरमा ओटीपी कोड नआउँदा ग्राहकले मोबाइल एप र वेबमा आधारित विभिन्न सेवाहरू लिन समस्या भइरहेको छ । 

कम्पनीका अनुसार सरोकारवाला कम्पनीहरूले यो नम्बरलाई आफ्नो प्रणालीमा समावेश नगराउँदा यस्तो समस्या आएको हो । ग्राहकहरूबाट धेरै गुनासो आएपछि कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको छ । 

"नयाँ मोबाइल नम्बर लिएका ग्राहकहरुबाट ओटीपी (OTP) नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरू लिनका लागि साइन अप (Sign Up) गर्दा , वालेटबाट कारोबार गर्दा कठिनाइ भएको लगायतका जानकारी प्राप्त गरिरहेका छौँ," सूचनामा लेखिएको छ, "त्यसैले ९७० देखि सुरु हुने नयाँ मोबाइल नम्बरलाई पनि अन्य नम्बर सरह आफ्नो सिस्टममा चल्ने बनाउन अनुरोध गर्दछौं ।"

यो नम्बर पनि नेपाल दूरसञ्चार प्राधिकरणको नियम अनुरुप नै जारी गरेको भन्दै उक्त नम्बरलाई सेवाप्रदायकले आफ्नो प्रणालीमा अपडेट गर्नुपर्ने एनसेलले बताएको छ ।     

कम्पनीले देशका विभिन्न सेवा प्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, बैंक तथा वित्तीय संस्थालाई आफ्नो प्रणालीमा एनसेलको नयाँ नम्बर इन्ट्रिगेट गर्न अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८० १६:५३