close

स्टार्टअपलाई प्रवर्द्धन गर्न १ अर्ब २५ करोड बजेट, काठमाडौंमा इन्क्युवेसन सेन्टर

टेकपाना टेकपाना

जेठ १५, २०८० १७:१९

स्टार्टअपलाई प्रवर्द्धन गर्न १ अर्ब २५ करोड बजेट, काठमाडौंमा इन्क्युवेसन सेन्टर

काठमाडौं । सरकारले स्टार्टअप प्रोत्साहनका लागि एक अर्ब २५ करोड रूपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्टार्टअपलाई प्रोत्साहन गर्न यो रकम विनियोजन गरेको जानकारी दिए । 

मुलुकमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप इकोसिस्टम विकास गरिने उल्लेख गर्दै उनले उद्यमशिल सोच र संस्कृतिको विकास एवम् उद्यमशिल सोचलाई व्यवसायमा रुपान्तरण गर्न काठमाडौंमा इन्क्युवेसन सेन्टर सञ्चालन गरिने बताए ।

भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई स्टार्टअपलाई व्यवसायमा लगानी गर्न प्रोत्साहित गरिने पनि उनले उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १७:२५