काठमाडौं । सरकारले विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेसनको विस्तार गर्ने भएको छ ।
सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री महतले भने, “विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन गरी नीजि क्षेत्र समेतको लगानीमा चार्जिङ स्टेसनहरूको विस्तार गरिनेछ ।”
हाल सरकारको तर्फबाट नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा चार्जिङ स्टेसन जडान गर्ने काम भइरहेको छ भने नीजि क्षेत्रका केही कम्पनीहरूले आफ्नै लगानीमा चार्जिङ स्टेसन स्थापना गरिरहेका छन् । आगामी आ.व. को बजेटमा भने सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर चार्जिङ स्टेसन विस्तार गर्ने कार्यक्रम ल्याएको छ ।