close

चिप आयातमा कडाई गर्दै जापान, के प्रतिबन्धित होला चिनियाँ कम्पनी ?

टेकपाना टेकपाना

चैत १९, २०७९ ११:३३

चिप आयातमा कडाई गर्दै जापान, के प्रतिबन्धित होला चिनियाँ कम्पनी ?

काठमाडौं । जापान सरकारले केही चिप निर्माता कम्पनीहरुलाई प्रतिबन्ध लगाउने भएको छ । अमेरिका तथा नेदरल्याण्ड सरकारको निर्णयलाई आत्मासाथ गर्दै जापान सरकारले पनि यस्तो निर्णय लिएको हो । 

जापान सरकारको यो निर्णयबाट २३ प्रकारका सेमिकण्डक्टर निर्माण उपकरणमाथि प्रतिबन्ध लाग्नेछ । जसमा सबैभन्दा बढी मोबाइल फोनमा प्रयोग हुने सेमिकण्डक्टर र सैन्य पूर्वाधारमा खपत हुने सेमिकण्डक्टर रहेका छन् ।

यसअघि अमेरिकी तथा नेदरल्याण्ड सरकारले चिनियाँ कम्पनीहरुको सेमिकण्डक्टर प्रयोग र चिनियाँ कम्पनीहरूलाई आवश्यक सेमिकण्डक्टर निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

जापानले भने हालसम्म कुन कम्पनी र कुन देशका कम्पनीहरू माथि प्रतिबन्ध लगाउन लागेको भन्ने विषयमा कुनै जानकारी दिएको छैन । तर, जापान सरकारले अन्तराष्ट्रिय शान्ति र स्थिरता कायम राख्नका लागि यो तयारी गरेको बताएको छ । 

हाल यो सँग सम्बन्धित नियमावली सार्वजनिक परामर्शका लागि खुला गरिएको छ । सार्वजनिक रुपमा आएको सुझावलाई समेटेर आउँदो जुलाईबाट यसलाई कार्यान्वयनमा ल्याउने योजना सरकारको छ ।

यो कार्यान्वयनमा आउँदा टोकियो इलेक्ट्रोन, निकोन जस्ता ठुला कम्पनी पनि यसबाट प्रभावित हुने आँकलन गरिएको छ । 

पछिल्लो अध्यावधिक: चैत १९, २०७९ ११:३५