close

एन्ड्रोइड फोनमा टाइप गर्न गाह्रो भयो ? यसरी मिलाउनुहोस् किबोर्ड सेटिङ

टेकपाना टेकपाना

जेठ ३०, २०८० १०:३९

एन्ड्रोइड फोनमा टाइप गर्न गाह्रो भयो ? यसरी मिलाउनुहोस् किबोर्ड सेटिङ

काठमाडौं । प्रविधिको विकाससँगै स्मार्टफोनको फिचरहरू पनि फरक-फरक हुँदै गइरहेका छन् । बजारको माग अनुसार कम्पनीहरूले आफ्नो उत्पादनमा नयाँ नयाँ परीक्षण गरिरहेका हुन्छन् । यो कुरा किबोर्डमा पनि लागू हुन्छ । मोबाइलमा सबैभन्दा धेरै प्रयोग हुनेमध्येको एउटा टुल हो किबोर्ड । 

प्रयोगकर्ताको टाइपिङलाई सहज बनाउनका लागि कम्पनीहरूले किबोर्डका विभिन्न फिचरमा काम गर्दै आएका छन् । फरक-फरक मोबाइलमा फरक-फरक किबोर्ड सेटिङ पनि देख्न सकिन्छ ।

यद्यपि कहिलेकाही किबोर्डमा हुने साना अक्षरहरूका कारण पनि टाइप गर्न गाह्रो भइरहेको हुनसक्छ । अथवा किबोर्डको आकारले पनि हाम्रो टाइपिङमा प्रभाव पारिरहेको हुन्छ । यस्तो अवस्थामा यदि तपाईँ एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने यो लेख तपाईँको लागि हो । 

एन्ड्रोइडमा यसरी परिवर्तन गर्नुहोस् किबोर्डको आकार 
- सबैभन्दा सुरुमा मोबाइलमा भएका कुनै पनि मेसेजिङ एप अथवा किबोर्डको आवश्यकता हुने एप ओपन गर्नुहोस् । 
- यसपछि किबोर्डमा हुने सेटिङ आइकनमा क्लिक गर्नु्होस् । यदि तपाईँ मोबाइलको डिफल्ट किबोर्ड बाहेक अन्य कुनै थर्ड पार्टी एपको किबोर्ड प्रयोग गरिरहनु भएको छ भने सिधैँ मोबाइलको सर्च बक्समा गएर किबोर्ड टाइप गरेर पनि किबोर्डको सेटिङमा जानसक्नुहुन्छ । 
- यसपछि प्रिफरेन्सेस अप्सनमा क्लिक गर्नुहोस् । 
- स्क्रिनमा देखिएको लेआउट अप्सनमा भएको किबोर्ड हाइटमा क्लिक गर्नुहोस् 
- त्यहाँ तपाईँले विभिन्न अप्सन देख्न सक्नुहुन्छ । यसमा एक्स्ट्रा शर्ट, शर्ट, मिड शर्ट, नर्मल, मिड टल, टल र एक्स्ट्रा टल भन्ने अप्सन देख्नुहुन्छ । यदि तपाईँ किबोर्डको आकार ठूलो बनाउन चाहनुहुन्छ भने मिड टल, टल वा एक्स्ट्रा टलमा क्लिक गरेर ठूलो बनाउन सक्नुहुन्छ । अथवा सानो बनाउनका लागि शर्टका अप्सनमा क्लिक गर्नुहोस् । 
    

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८० १३:३४