close

नयाँ प्रयोगकर्ताका लागि ईसेवाले ल्यायो आईफोन १४ जित्ने अवसर

टेकपाना टेकपाना

असार ४, २०८० ९:१५

नयाँ प्रयोगकर्ताका लागि ईसेवाले ल्यायो आईफोन १४ जित्ने अवसर

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले आफ्नो नयाँ प्रयोगकर्ताको लागि अफर ल्याएको छ ।

पहिलोपटक ईसेवा इन्स्टल गरेर पहिलो कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर कम्पनीले ल्याएको हो ।

साथै नयाँ अकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै ईसेवाले पहिलो कारोबार गर्ने विजेतलाई आईफोन १४ जित्ने अवसर ल्याएको हो । त्यस्तै यस अफर अन्तर्गत प्रयोगकर्ताले १० प्रतिशतसम्मको क्याशब्याक पनि पाउन सक्नेछन् । 

यस अफरमा सहभागी हुन 'सेन्ड मनि' बाहेकका कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गर्न सकिन्छ । साथै यस अफरमा प्रोमोकोड “FIRST10” प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १०% (रु. २० सम्म) को क्याशब्याक समेत पाउन सकिनेछ ।

ईसेवाले सार्वजनिक गरेको यो अफर असार २० गतेसम्म लागु हुनेछ । विजेताको नाम भने असार ३० गते ईसेवाको फेसबुक पेजबाट गरिने कम्पनीले जनाएको छ ।  

पछिल्लो अध्यावधिक: असार ४, २०८० ९:१७