close

नेपालमा सार्वजनिक हुँदै नर्ड थ्री फाइभजी, प्रि-बुक गर्दा २५०० छुट पाइने

टेकपाना टेकपाना

असार २२, २०८० १२:१०

नेपालमा सार्वजनिक हुँदै नर्ड थ्री फाइभजी, प्रि-बुक गर्दा २५०० छुट पाइने

काठमाडौं । नेपाली बजारमा वन प्लसको नर्ड थ्री फाइभजी आउने भएको छ । नेपालका लागि वनप्लसको आधिकारिक बिक्रेता स्मार्टटक नेपालले नर्ड थ्री असार २६ गतेदेखि नेपालभर उपलब्ध गराउने तयारी गरेको हो ।

यसका लागि कम्पनीले आजदेखि प्रि-बुकिङ खुलाएको छ । १० जुलाईसम्म सञ्चालन हुने प्रि-बुकिङ अफर ईकमर्स प्लेटफर्म दराजमा मात्र लागू हुनेछ । कम्पनीका अनुसार तीन दिनभित्र प्रि-बुक गर्नेले यो फोनमा २,५०० रुपैयाँ छुट पाउनेछन् । 

कस्तो छ नर्ड थ्री फाइभजी ?

यो मोडेलमा १२० हर्ज रिफ्रेस रेट भएको ६.७४ ईन्च  एमोलेड डिस्प्ले छ । एन्ड्रोइड १३ र अक्सिजन ओएस १३.१ मा आधारित यो फोन मिडियाटेक एमटी ६९८३ डाइमेन्सिटी ९००० चिपसेटद्वारा सञ्चालित छ । 

नर्ड थ्रीमा ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९० मुख्य क्यामेरा छ । ओआईएस (अप्टिकल इमेज इस्टेबलाइजेसन) फिचर भएकाले फोटो स्तरीय आउने कम्पनीले जनाएको छ । यो त्यही फिचर हो जुन वनप्लस ११ मा कम्पनीले समावेश गरेको छ । 

५००० एमएएच क्षमताको ब्याट्री भएको यो फोनमा कम्पनीले ८० वाटको सुपरभोक फास्ट चार्जर उपलब्ध गराएको छ । यो चार्जरले फोनलाई १५ मिनेटमा ६० प्रतिशत र ३२ मिनेटमा फुल चार्ज गर्ने कम्पनीको दाबी छ । 

१६ जीबी र्‍याम २५६ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको मूल्य ७५ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोन मंगलरबारदेखि खरिद गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८० १२:१०