close

२०२३ मा वनप्लसले सार्वजनिक गर्दै यी चार स्मार्टफोन, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

मंसिर ११, २०७९ ७:५३

२०२३ मा वनप्लसले सार्वजनिक गर्दै यी चार स्मार्टफोन, यस्ता छन् विशेषता

काठमाडौं । पछिल्लो समयमा चिनियाँ ब्रान्ड वनप्लसको स्मार्टफोनहरूले अमेरिकी र बेलायती बजारमा मात्र होइन नेपाली बजारमा पनि आफ्नो राम्रो स्थान बनाएको छ । प्रयोगकर्ताहरूबिच लोकप्रिय यो कम्पनीले सन् २०२३ मा आफ्नो चार स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

१. वनप्लस ११ 
वनप्लस ११ कम्पनीको महँगो फ्ल्यागशिप स्मार्टफोन भित्र पर्दछ । यो फोनमा क्वालकमको नयाँ स्न्यापड्रागन ८ जेन २ प्रोसेसर उपलब्ध हुने बताइएको छ । यसैगरी फोनमा १६ जीबीसम्मको र्‍याम र २५६ जीबी स्टोरेज हुनेछ । फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको डिस्प्ले दिइएको छ । ५० मेगापिक्सेलको मुख्य क्यामेरा ४८ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर भएको यो फोनमा ५००० एमएएचको ब्याट्री छ । 

२. वनप्लस एस टु (११ आर)
कम्पनीले अर्को पनि फ्ल्यागसिप फोन सार्वजनिक गर्दैछ । यसमा १.५ के फ्लुयड एमोलेड डिस्प्ले हुने बताइएको छ । यो फोनमा भने स्न्यापड्रागन ८ जेन १ चिप नै प्रयोग गरिएको छ । यो फोन ८,१२ र १६ जीबीको र्‍याम भेरियन्टमा उपलब्ध हुनेछ । यो फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, दुई मेगापिक्सेलको डेप्थ र म्याक्रो सेन्सरको साथमा १६ मेगापिक्सेलको सेल्फि क्यामेरा उपलब्ध छ । यो फोन १०० वाट फास्ट चार्जिङ सहित उपलब्ध हुने बताइएको छ । 

३. वनप्लस नर्ड सीई थ्री 
वनप्लस नर्ड सीई थ्री कम्पनीको मिडरेन्ज स्मार्टफोन हो । यसमा १२० हर्जको रिफ्रेसरेट सहित ६.७ इन्चको आईपीएस एलसीडी डिस्प्ले छ । फोनमा स्न्यापड्रागन ६९५ चिप प्रयोग गरिएको छ । यो फोन १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज सहित उपलब्ध हुनेछ । यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा र १६ मेगापिक्सेलको सेल्फि क्यामेरा छ । फोनमा ६७ वाट फास्ट चार्जिङ सहितको ५००० एमएएचको ब्याट्री राखिएको छ । 

४. वनप्लस नर्ड एन३०० 
यो फोन कम्पनिको सन् २०२३ मा सार्वजनिक हुने सस्तो फोन पनि हुनसक्छ । फोनमा ९० हर्जको रिफ्रेसरेट सहितको ६.५६ इन्चको एचडी प्लस डिस्प्ले दिइएको छ । यसमा मिडियाटेक डाइमेन्सिटी ८१० एसओसी प्रोसेसर राखिएको छ । यो फोन चार जीबी र्‍याम सहित ६४ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध हुनेछ । फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।     

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ ७:५३