close

सार्वजनिक हुँदै वनप्लसको नर्ड थ्री फाइभजी फोन, मूल्य ७६ हजार रुपैयाँ

टेकपाना टेकपाना

असार २५, २०८० १६:२५

सार्वजनिक हुँदै वनप्लसको नर्ड थ्री फाइभजी फोन, मूल्य ७६ हजार रुपैयाँ

काठमाडौं । नेपाली बजारमा वन प्लसको नर्ड थ्री फाइभजी फोन मंगलबार सार्वजनिक हुने भएको छ । नेपालका लागि वनप्लसको आधिकारिक बिक्रेता स्मार्टटक नेपालले नर्ड थ्री भोलिदेखि नेपालभर उपलब्ध गराउने भएको हो । 

कम्पनीले यसअघि आज (सोमबार) सम्म प्रि-बुकिङ अफर सञ्चालन गरेको थियो । प्रिबुकिङ अफर सकिएसँगै फोन आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

कस्तो छ नर्ड थ्री फाइभजी ?

यो मोडेलमा १२० हर्ज रिफ्रेस रेट भएको ६.७४ ईन्च  एमोलेड डिस्प्ले छ । एन्ड्रोइड १३ र अक्सिजन ओएस १३.१ मा आधारित यो फोन मिडियाटेक एमटी ६९८३ डाइमेन्सिटी ९००० चिपसेटद्वारा सञ्चालित छ । 

नर्ड थ्रीमा ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९० मुख्य क्यामेरा छ । ओआईएस (अप्टिकल इमेज इस्टेबलाइजेसन) फिचर भएकाले फोटो स्तरीय आउने कम्पनीले जनाएको छ । यो त्यही फिचर हो जुन वनप्लस ११ मा कम्पनीले समावेश गरेको छ ।

५००० एमएएच क्षमताको ब्याट्री भएको यो फोनमा कम्पनीले ८० वाटको सुपरभोक फास्ट चार्जर उपलब्ध गराएको छ । यो चार्जरले फोनलाई १५ मिनेटमा ६० प्रतिशत र ३२ मिनेटमा फुल चार्ज गर्ने कम्पनीको दाबी छ । 

१६ जीबी र्‍याम २५६ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको मूल्य ७५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार २५, २०८० १६:२९