close

पब्जीको दक्षिण एसियाली प्रतियोगितामा नेपाली टिम डीआरएसको उत्कृष्ट ‘कम ब्याक’

टेकपाना टेकपाना

साउन १९, २०८० १३:६

पब्जीको दक्षिण एसियाली प्रतियोगितामा नेपाली टिम डीआरएसको उत्कृष्ट ‘कम ब्याक’

काठमाडौं । पब्जीको दक्षिण एसियाली प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ को लिग चरण अन्तर्गत दोस्रो साताको खेलमा डीआरएस गेमिङले राम्रो सुरुवात गरेको छ ।

पहिलो सातामा अङ्क तालिमामा १५औँ स्थानमा रहेको ‘डीआरएस गेमिङ’ दोस्रो साताको दोस्रो दिनको खेल सम्पन्न हुँदा अङ्क तालिकाको तेस्रो स्थानमा रहन सफल भएको हो । पहिलो सातामा अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिम ‘स्काइलाइट गेमिङ’ले आफ्नो लय कायम राखेको छ । ‘स्काइलाइट गेमिङ’ अङ्क तालिकाको चौंथो  स्थानमा रहेको छ ।

‘डीआरएस गेमिङ’ र ‘स्काइलाइट गेमिङ’को क्रमश: ६२ र ५७ अङ्क रहेको छ, जसमा दुवै टिमको एकएक चिकेन डिनर समेत समावेश छन् । अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा मङ्गोलियन पब्जी टिम ‘हाइभोल्टेज डीसी’ र ‘स्टलवार्ट ई-स्पोर्ट्स’ रहेका छन् । ‘हाइभोल्टेज डीसी’को ८५  र ‘स्टलवार्ट ई-स्पोर्ट्स’को ८१ अङ्क रहेको छ ।

यसबाहेक अन्य दुई नेपाली टिम ‘रअ ई-स्पोर्ट्स’ र ‘टीटूके ई-स्पोर्ट्स’ पनि शीर्ष १० मा रहन सफल भएका छन् । कूल २० टिम सहभागी यो प्रतियोगिता नौ ओटा नेपाली टिमको सहभागीता रहेको छ ।

पीएमपीएल साउथ एसिया फल २०२३ मा आज दोस्रो साताको तेस्रो दिनको खेल हुँदैछ । जसको लाइभ ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट दिउँसाे ४:४५ बाट हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८० १३:१२