close

रहेनन् एडोबीका सहसंस्थापक डा. जोन वार्नक

टेकपाना टेकपाना

भदौ ४, २०८० १४:५३

रहेनन् एडोबीका सहसंस्थापक डा. जोन वार्नक

काठमाडौं । विश्वचर्चित सफ्टवेयर कम्पनी एडोबीका सहसंस्थापक डा. जोन वार्नककाे ८२ वर्षकाे उमेरमा निधन भएको छ । शनिबार वार्नकको मृत्यु भएको एडोबीले पुष्टि गरेकाे छ । तर मृत्युको कारण खुलाइएको छैन ।

डा. वार्नकले सन् १९८२ मा डा. चार्ल्स गेश्केसँग मिलेर एडोबी स्थापना गरेका थिए । त्यसको दुई वर्षपछि उनीहरूले 'एडोबी पोस्टस्क्रिप्ट' नामक आफ्नो पहिलो डेस्कटप सफ्टवेयर लञ्च गरे ।

डा. वार्नक सन् २००० सम्म एडाेबी सीईओ बने । त्यस्तै सन् २०१७ सम्म एडोबीको बोर्डको सहअध्यक्षका रुपमा रहे । उनी कम्पनीको सञ्चालक समितिमा समेत बसेर काम गरेका थिए ।

विशेष गरेर एडोबी एक्रोब्याट र एडोबी फोटोशपसँग उनी जोडिएका थिए ।

वार्नक सीईओ भएको बेला एडोबीले आफूलाई व्यापार, ग्राफिक्स डिजाइन, फोटोग्राफी, भिडिओ एडिटिङ, अडियो रेकर्डिङ जस्ता विभिन्न क्षेत्रमा विस्तार गरेको थियो ।

उनकी श्रीमती मार्भा वार्नक अनुभवी ग्राफिक्स डिजाइनर हुन् । एडोबीको पुरानो लोगो मार्भाले उनैले बनाएकी हुन् । वार्नकका तीन सन्तान छन् ।

पछिल्लो अध्यावधिक: भदौ ४, २०८० १४:५३