close

अल्टिमाको अनलाइन मेला, एउटा इयरबड किन्दा अर्को सित्तैमा पाइने

टेकपाना टेकपाना

भदौ २९, २०८० ८:१

अल्टिमाको अनलाइन मेला, एउटा इयरबड किन्दा अर्को सित्तैमा पाइने

काठमाडौं । नेपाली कम्पनी अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा अनलाइन मेला’ अफर सुरु गरेको छ । आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको अवसरमा कम्पनीले अनलाइन मेलामार्फत विभिन्न अफरहरू घोषणा गरेको हो ।

यसअन्तर्गत कम्पनीले असोज ३ देखि ९ सम्म लागू हुने तीन ओटा अफर ल्याएको छ । ‘एकको डबल’, ‘डबलको ट्रिपल’ र ‘फ्ल्याट २५ प्रतिशत डिस्काउन्ट’ गरी तीन ओटा अफरमध्ये प्रयोगकर्ता आफूलाई उपयुक्त हुने अफरमा सहभागी हुन सक्नेछन् ।

कम्पनीका अनुसार ‘एकको डबल’ अफरमा सहभागी हुने प्रयोगकर्ताले अल्टिमाको इयरबड एटम ५२० वा एटम ३२० मध्ये कुनै एउटा खरिद गर्दा सोही डिभाइस निःशुल्क पाउनेछन् । अर्थात् एउटा प्रडक्ट खरिद गर्दा अर्को निःशुल्क पाइनेछ । यो अफरमा सहभागी हुन असोज ३ र ४ गते बिहान ९ बजेदेखि ११ बजे वा बेलुका छ बजेदेखि ८ बजेसम्म अल्टिमाको वेबसाइटमा गएर खरिद गर्नुपर्ने हुन्छ ।

खरिद गरिसकेपछि प्रयोगकर्ताले आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ । त्यसपछि मात्र प्रयोगकर्ता यो अफरका लागि योग्य हुने कम्पनीले उल्लेख गरेको छ । भनेको समयमा जसले अगाडि अर्डर गर्‍यो, उही यो अफरमा सहभागी हुनेछन् ।   

त्यस्तै ‘डबलको ट्रिपल’ अफर अन्तर्गत प्रयोगकर्ताले अल्टिमाका कुनै पनि दुई प्रडक्ट खरिद गर्दा अर्को एउटा प्रडक्ट निःशुल्क पाउनेछन् । यसका लागि प्रयोगकर्ताले कार्टमा तीन ओटा सामान एड गर्नुपर्नेछ । त्यसमा सबैभन्दा कम मूल्यको सामान जो छ त्यो सामान प्रयोगकर्ताले निःशुल्क पाउनेछन् । यो अफरमा सहभागी हुन प्रयोगकर्ताले असोज ६ र ९ गते बिहान ९ बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि ३ बजे, र बेलुका ६ बजेदेखि ८ बजेसम्म अल्टिमाको वेबसाइटबाट सामान खरिद गर्नुपर्ने हुन्छ ।

आफूलाई आवश्यक दुई ओटा सामान खरिद गरिसकेपछि भुक्तानी गर्दा ईसेवाबाट भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ता यो अफरमा सहभागी हुनेछन् ।

त्यसैगरी ‘फ्ल्याट २५ प्रतिशत डिस्काउन्ट’ अफर अन्तर्गत प्रयोगकर्ताले अल्टिमाबाट खरिद गर्ने विभिन्न प्रडक्टमा २५ प्रतिशत छुट पाउनेछन् । यसका लागि कुनै कोड वा अरू केही गर्नुपर्ने छैन ।

प्रयोगकर्ताले सहजै अल्टिमाको वेबसाइटमा गएर सो छुटमा प्रडक्ट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । तर यो अफर ‘एकको डबल’ वा ‘डबलको ट्रिपल’का लागि लागू हुनेछैन । कम्पनीले फ्ल्याट २५ प्रतिशत डिस्काउन्ट अफर कहिलेसम्म लागू हुन्छ भन्ने खुलाएको छैन ।

यो अवधिभर खरिद गरिएका प्रडक्टका लागि प्रयोगकर्ताले डेलिभरी चार्ज तिर्नुपर्ने छैन । कम्पनीका अनुसार नेपालको जुनसुकै क्षेत्रबाट पनि यो अफरमा सहभागी हुन सकिनेछ ।

यसअघि अल्टिमाले ल्याएको दुई दिनको एक्सचेन्ज मेला चार घण्टामै सकिएको थियो । त्यसबेला थुप्रै उपभोक्ता फर्किनु परेको भन्दै कम्पनीले यस्तो अफर ल्याएको जानकारी दिएको छ ।

यहाँ क्लिक गरेर वा अल्टिमा डटकम डट एनपी (ultima.com.np) मा गएर आफूलाई उपयुक्त हुने एयरबड, नेकब्यान्ड, स्मार्टवाच, स्पिकर लगायतका एक्सेसोरिज खरिद गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८० १५:३६