काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाबाट अब सन सेक्युरिटिज प्राइभेट लिमिटेडमार्फत हुने शेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।
यसका लागि हालै यी दुई कम्पनीबीच एक सम्झाैता भएकाे छ । सम्झाैता अनुसार सन सेक्युरिटिजको मेरो शेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि ईसेवा मार्फत गर्न सकिन्छ ।
यस सम्झौताले लगानीकर्ताहरूलाई सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) बाट गरेको शेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने बताइएकाे छ ।
अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा ईसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरी तथा ट्रेडिङ अफिसर विशाल रिजालले हस्ताक्षर गरे ।