close

क्यामियो ब्रान्डको इयरबड नेपाली बजारमा, लगातार ४० घण्टासम्म ब्याकअप दिने दाबी

टेकपाना टेकपाना

असोज २८, २०८० १४:१६

क्यामियो ब्रान्डको इयरबड नेपाली बजारमा, लगातार ४० घण्टासम्म ब्याकअप दिने दाबी

काठमाडौं । क्यामियो इन्टरनेसनल प्रालिले नेपाली बजारमा  'क्यामियो फायर १०० इयरबड्स' भित्र्याएको छ । युवा प्रयोगकर्तालाई मध्यनजर राखी कम्पनीले यो इयरबड उपभोक्ताका लागि उपलब्ध गराउन थालेको हो ।

कम्पनीका अनुसार यसमा ४० घन्टा प्लेटाइम र ३० दिन स्ट्याण्डबाई टाइम​ रहेकाे छ । यो इयरबडमा स्टेरियो एचडी साउन्ड क्वालिटी साथै एआई–इएनसी रहेको छ ।

इयरबडले स्वतः ९० प्रतिशत न्वाइज कन्ट्रोल गर्ने कम्पनीको दाबी छ । साथै इयरबड्स स्वीट एण्ड डस्ट रेसिस्टेन्ट भएकाले पसिना र धुलोले नबिगार्ने बताइएकाे छ ।

स्मार्टफोनसँग कनेक्ट गर्न क्यामियो फायर १०० मा भ्वाइस असिस्टेन्ट सपोर्टका साथ ब्लुटुथ भर्सन ५.३ रहेको छ ।

५० एमएएचको ब्याट्री पावर र चार्जिङ बक्समा ४०० एमएएचको ब्याट्री प्याक रहेको यस इयरबड्सलाई एक घण्टामा फुल चार्ज गर्न सकिनेछ ।

यो इयरबडको मूल्य दराजमा २४ सय ९९ रुपैयाँ छ ।

पछिल्लो अध्यावधिक: असोज २८, २०८० १४:२५