close

मेसेन्जरमा अब इन्क्रिप्सन अनिवार्य

टेकपाना टेकपाना

मंसिर २२, २०८० १२:४

मेसेन्जरमा अब इन्क्रिप्सन अनिवार्य

काठमाडौं । मेटाले आफ्नो फेसबुक र मेसेन्जर एपमा इन्ड-टु-इन्ड इन्क्रिप्सनलाई डिफल्ट बनाएको छ । कम्पनीले आफ्नो ब्लग पोस्ट मार्फत गोपनीयता र सुरक्षालाई बढावा दिन इन्क्रिप्सन डिफल्ट गरेको बताएकाे हाे ।

यससँगै फेसबुक तथा मेसेन्जर प्रयोगकर्ताको च्याट र कलमा स्वत:  इन्क्रिप्सन लागू हुने मेटाले बताएको छ । इन्क्रिप्ड मेसेजहरूलाई मेटा अथवा अन्य थर्ड पार्टीले पढ्न नसक्ने कम्पनीले जनाएकाे छ । तर कानून उल्लङ्घन गरेर रिपोर्ट गरिएका मेसेजहरूको हकमा भने यो नियम लागू नहुने बताइएको छ । 


त्यस्तै मेसेज पाउने र पठाउने व्यक्तिले मात्र हेर्न पाउने भएकाले इन्क्रिप्सनले व्यक्तिलाई आफ्नो कुराकानी सुरक्षा गर्न सहयोग गर्ने कम्पनीकाे भनाइ छ । यद्यपि मेसेजमा स्वत: इन्क्रिप्सन लागू गर्न भने लामो समय लागेकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले स्वीकारेका छन् । 

यस अगाडि सन् २०१९ मा प्रयाेगकर्ताकाे गोपनीयतामा मेटा गम्भीर भएको बताउँदै जुकरबर्गले इन्क्रिप्सन अनिवार्य गर्ने बताएका थिए । त्यससँगै सन् २०२१ मा इन्स्टाग्राममा परीक्षण गरिएको थियो । तर त्यस अगाडि सन् २०१६ मा नै मेसेन्जरमा भने वैकल्पिक फिचरका रूपमा यसको सुरुवात गरेको थियो । 

सम्बन्धित समाचारः

के हो मेसेजिङ एपमा हुने इन्ड टु इन्ड इन्क्रिप्सन ?

 

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८० १२:१५