close

आईएमई पे 'भिजा पार्टनरशिप' अवार्डबाट सम्मानित

टेकपाना टेकपाना

पुस ४, २०८० १७:५४

आईएमई पे 'भिजा पार्टनरशिप' अवार्डबाट सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे' भिजा पार्टनरशिप' अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा मङ्गलवार आयोजित 'भिजा लिडरशिप कन्क्लेभ २०२३' मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीका रूपमा आईएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आईएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिविम्बित गर्ने बताइएकाे छ । आईएमई पेले हाल भिजासँगको सहकार्यमा नेपालमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएको छ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०८० १७:५४