close

फ्रिफायर गेमका सबैभन्दा बढी सब्स्क्राइबर भएका अज्जु भाइले गरे फेस रिभिल

टेकपाना टेकपाना

पुस १४, २०८० १२:३६

फ्रिफायर गेमका सबैभन्दा बढी सब्स्क्राइबर भएका अज्जु भाइले गरे फेस रिभिल

काठमाडौं । तीन करोड ७४ लाख बढी युट्युब सब्स्क्राइबर भएका टोटल गेमिङ उर्फ 'अज्जु भाइ'ले आफ्नो फेस रिभिल गरेका छन् । शनिवार आफ्नो आधिकारिक युट्युब च्यानलमा साढे चार मिनेटको भिडिओ सार्वजनिक गर्दै उनले आफ्नो अनुहार सार्वजनिक गरेका हुन् ।

ब्याटल रोयल गेम फ्रिफायरका चर्चित गेमर अज्जु भाइले सन् २०१८ मा 'टोटल गेमिङ' नामको युट्युब च्यानल सुरु गरेका थिए । भारतका यी युट्युबर फ्रिफायर कम्युनिटीमा सबैभन्दा बढी सब्स्क्राइबर हुने व्यक्ति हुन् ।

उनले कसैलाई आफ्नो नाम 'अजय' भनेर चिनाए पनि वास्तविक नाम अजेन्द्र वरिया (Ajendra Variya) रहेको बताएका छन् । आफ्नो वास्तविक परिचय लुकाएर गेमिङ क्षेत्रमा प्रवेश गरेका उनले पहिलो पटक फेस रिभिल गरेका हुन् ।

उनले २०२३ भित्र आफ्नो फेस रिभिल गर्ने वाचा गरेका थिए । ३० डिसेम्बर वा ३१ डिसेम्बरमध्ये कहिले फेस रिभिल गर्ने भनेर उनले युट्युब कम्युनिटीमा भोटिङ पोल राखेका थिए ।

आठ लाख २२ हजार भोटमध्ये ९० प्रतिशतले ३० डिसेम्बरमा रिभिल गर्ने भनेपछि उनले शनिवार फेस रिभिल गरेका हुन् ।

गेमिङ कम्युनिटीमा लाइभ गर्दा असभ्य भाषा बोलेर चर्चा पाउने लहड नै छ । यस्तोमा अज्जु भाइ भने फरक थिए । उनको लाइभ भिडिओ परिवारसँग बसेर पनि हेर्न सकिने उनका समर्थकहरू बताउँछन् ।

टोटल गेमिङबाहेक अज्जु भाइका अन्य पाँच छुट्टाछुट्टै विधाका युट्युब च्यानल छन् । उनले अनुहार नै नदेखिएर झन्डै चार करोड ८० लाख बराबरका सब्स्क्राइबर पाएका छन् ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८० १३:३३