close

आईओएस १७ अपडेट मार्फत चोरी भएका आईफोनका लागि ‘थेफ्ट मोड’ ल्याउँदै एप्पल

टेकपाना टेकपाना

पुस १९, २०८० १६:११

आईओएस १७ अपडेट मार्फत चोरी भएका आईफोनका लागि ‘थेफ्ट मोड’ ल्याउँदै एप्पल

 

काठमाडौं । एप्पलले आईओएस १७.३ अपडेटमार्फत चोरी भएका आईफोनका लागि नयाँ फिचर ल्याउने भएको छ । कम्पनीले अर्को महिनातिर रिलिज गर्ने यो अपडेटमार्फत चोरी भएका वा हराएका आईफोनमा रहेको आफ्नो डेटा सुरक्षित राख्न सघाउने फिचर थप्ने भएको हो ।

त्यसो त फोन चोरी हुनु कहिल्यै पनि राम्रो अनुभव हुन सक्दैन । मोबाइल चोरी भएको खण्डमा आजको विश्वमा आधारभूत काम पनि गर्न नसकिने हुन्छ र यसबाट सुरक्षासँगै चोरले तपाईंको अकाउन्टमा पहुँच बनाउन सफल भएको खण्डमा तपाईंको पैसा समेत जोखिममा पर्छ । 

आईफोन प्रयोगकर्ताका लागि भने अब यस किसिमको चिन्ता रहने छैन । नयाँ सफ्टवेयर अपडेट आईओएस १७.३ मा फोन चोरी भएको खण्डमा यस किसिमको फिचर समावेश हुने बताइएको छ । जसमा ‘स्टोलन डिभाइस मोड’ उपलब्ध हुने र त्यसलाई एक्टिभेट गर्दा तपाईंले अपराधीको ट्रयाक रोक्न तथा पासवर्डमा पहुँच बनाउन, एप्पल आईडी क्रेडेन्सियल परिवर्तन गर्न अथवा फेस आईडी अथवा टच आईडी बिना ‘लस्ट मोड’ अफ गरेर थप क्षति हुनबाट जोगाउन सक्नु हुनेछ । 

यदि उनीहरूले अविश्वसनीय स्थानबाट तपाईंको एप्पल आईडी परिवर्तन गर्न खोजे भने उनीहरूले सेक्युरिटीमा एक घण्टाको ढिलाई ब्यहोर्नुपर्नेछ । यसअघि नै रहेको ‘लस्ट मोड’मा थपिएको यो फिचरले प्रयोगकर्तालाई रिमोट्ली (टाढैबाट) आफ्नो डिभाइस लक गर्ने र फिर्ता गर्नका लागि नम्बर जस्ता मेसेज स्क्रिनमा देखाउने सुविधा दिन्छ । 

यो नयाँ सेक्युरिटी फिचर एक्टिभेट गर्न पनि सजिलो छ । यसका लागि तपाईंले फोनको सेटिङमा रहेको फेस आईडी र पासकोडमा गएर ‘स्टोलन डिभाइस प्रोटेक्सन’लाई अन गर्नुपर्ने हुन्छ । यद्यपि आईओएस १७.३ मा आउने उत्साहजनक फिचर स्टोलन डिभाइस प्रोटेक्सन फिचर मात्रै भने होइन । 

त्यससँगै तपाईंले एप्पल म्युजिकमा कोल्याबाेरेटिभ प्लेलिस्ट पनि पाउन सक्नुहुनेछ । साथै अन्य सेक्युरिटी सम्बन्धी समस्याको समाधान समेत यसमा आउनेछन् । चोरी भइसकेपछि प्रयोग गर्ने फिचरका लागि तयार हुनुभन्दा आफ्नो आईफोनलाई राम्रोसँग साथमा राख्नुहोस्, ता कि तपाईंले ‘स्टोलन मोड’ कहिल्यै प्रयोग गर्नु नपरोस् ।

पछिल्लो अध्यावधिक: पुस १९, २०८० १६:११