close

मङ्गोलिया र बंगलादेशका टिमलाई पछि पार्दै डीआरएसले जित्यो पब्जी प्रतियोगिताको उपाधि

टेकपाना टेकपाना

माघ ४, २०८० १८:३३

मङ्गोलिया र बंगलादेशका टिमलाई पछि पार्दै डीआरएसले जित्यो पब्जी प्रतियोगिताको उपाधि

काठमाडौं । ‘डीआरएस विन्टर शोडाउन’को उपाधि आयोजक डीआरएस गेमिङले जितेको छ । १५ जनवरी देखि १७ जनवरीसम्म चलेको फाइनलमा ‘डीआरएस गेमिङ’ले १८ खेलमा पाँच चिकेन डिनर र ९४ एलिमिनेसन पोइन्टसहित कुल १६५ पोइन्ट ल्याएर उपाधि जितेको हो । 

त्यस्तै अङ्क तालिकाको दोस्रो स्थानमा ‘ट्राइब एरोमेसी’ र तेस्रो स्थानमा ‘होरा ई-स्पोर्ट्स’ रहे । ‘ट्राइब एरोमेसी’को १५७ पोइन्ट र ‘होरा  ई-स्पोर्ट्स’को १४८ पोइन्ट बटुलेका थिए । मङ्गोलियन टिम ‘स्काइ फोर्स’ चौंथो स्थानमा रह्याे ।

प्रतियोगिताको फाइनलमा ११ नेपाली टिम, तीन मङ्गोलियन टिम र दुई बङ्गलादेशी टिमले प्रतिस्पर्धा गरेका थिए । अङ्क तालिकाको शीर्ष पाँचमा चार नेपाली टिम रहेका थिए ।

यो प्रतियोगिताको पुरस्कार राशि पाँच लाख रुपैयाँ पुरस्कार रहेको थियो । प्रतियोगिताको विजेता टिम ‘डीआरएस गेमिङ’ले ९२ हजार ३०० रुपैयाँ हात पारेको छ । त्यस्तै दोस्रो हुने टिम ‘ट्राइब एरोमेसी’ले ६५ हजार ६५० र तेस्रो टिम  ‘होरा ई-स्पोर्ट्स’ले ५२ हजार रुपैयाँ जिते ।

अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका ‘डीआरएस गेमिङ’ र ‘ट्राइब एरोमेसी’ले ‘पब्जी मोबाइल सुपर लिग साउथ एसिया क्वालिफायर’मा पनि स्थान बनाएका छन् ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८० १८:३३