close

तपाईं कहाँ हुनु हुन्थ्यो र के किन्नु भयो भन्ने कुरा कसरी थाहा पाउँछ फेसबुक ?

टेकपाना टेकपाना

माघ ८, २०८० १३:२५

तपाईं कहाँ हुनु हुन्थ्यो र के किन्नु भयो भन्ने कुरा कसरी थाहा पाउँछ फेसबुक ?

काठमाडौं । हाम्रो स्मार्टफोनले हाम्रा कुराकानी सुन्ने गरेको कुरा कतै न कतैबाट सुनिरहेकै हुन्छौं । कतिपय समय हामीलाई कुन विज्ञापन देखाउने भन्नका लागि फोनले हाम्रो कुराकानी सुनेकै हुनुपर्छ भन्ने पनि हामीलाई लाग्छ ।

सत्य कुरा त के हो भने कम्पनीहरू हामीले कतिखेर जिन्सको कुरा गर्छौं भनेर हाम्रो परिपरि पर्खी बसेका मात्र छैनन्, हामी जिन्स मन पराउछौं, कति साइजको लगाउछौं, कुन ब्रान्ड र मोटामोटी वर्षको कुन समयमा किन्न थाल्छौं भन्ने जस्ता कुरा पनि ती कम्पनीलाई पहिले देखि नै थाहा हुन्छ । 

फेसबुकले हजारौं कम्पनीहरूको सहयोगमा एक एक प्रयोगकर्ताको व्यक्तिगत डेटा प्राप्त गर्ने गरको एउटा अध्ययनले देखाएको छ । कन्जुमर रिपोर्टले गरेको यो नयाँ अध्ययनका क्रममा अनुसन्धानकर्ताले फेला पारेका छन् कि प्रति ७०९ स्वयंसेवकहरूका लागि औसत विभिन्न दुई हजार २३० कम्पनीले फेसबुकलाई डेटा पठाउने गरेका छन् ।

एउटा उच्चतम नमुनामा त झन् एउटा स्वयंसेवकको डेटामा  झण्डै ४८ हजार विभिन्न कम्पनी जोडिएको देखिएको थियो । अध्ययनका सहभागीहरूको डेटा कूल मिलाएर एक लाख ८६ हजार ८९२ कम्पनीहरूले उपलब्ध गराएको फेसबुकको संग्रहमा देखिएको थियो ।

स्वयंसेवकहरूलाई द मार्कअपको सहयोगमा भर्ना गरिएको थियो, उनीहरूले डाउनलोड योर इन्फरमेसन टुल प्रयोग गरी फेसबुकबाट आफ्नो डेटा निकालेर अनुसन्धानकर्तालाई उपलब्ध गराएका थिए ।

ग्राहकको व्यक्तिगत जानकारी र किनमेल सम्बन्धी व्यवहार अपलोड गर्न विभिन्न कम्पनीहरूले मेटाको विज्ञापन प्लेटफर्म प्रयोग गर्दछन् । जसलाई मेटाले सम्बन्धित व्यक्ति वा समान प्रोफाइल भएका प्रयोगकर्तालाई लक्षित गरी विज्ञापन गर्न प्रयोग गर्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार "माइक्रोटार्गेटिङ" क्याम्पेनको सहयोगमा कुनै निश्चित प्रयोगकर्ताको डेटा सङ्कलनका लागि सूचीकृत ९६ हजार कम्पनी स्वयंसेवीहरू मध्ये एक जनालाई निसाना बनाइरहेको पाइएको थियो । अध्ययनमा सहभागी ९६ प्रतिशतको अर्काइभमा लाइभर्‍याम्प नामक डेटा ब्रोकरले शेयर गरेको जानकारी रहेको पाइएको थियो ।

तस्विर स्रोतः कन्जुमर रिपोर्ट्स

तर सबै डेटाको ब्रोकर गर्ने कम्पनी यो मात्रै भने होइन । द होम डिपोट, वालमार्ट अथवा अमेजन जस्ता ठूला बिक्रेता समेत यसमा देखिएका छन् ।

जब कि साना व्यवसायहरूको समेत अनौठो किसिमको प्रतिनिधित्व रहेको थियो, उदाहरणका लागि एउटा कार डिलरशिपले टेक्ससमा रहेका २४ हजार ६६५ व्यक्तिमाथि संलग्न रहेको पाइयो, जुन अध्ययनमा सहभागी स्वयंसेवकहरू मध्ये १० प्रतिशत हो ।

'बीएम ५१०० टीकेक्यूसी एनएलएम' जस्ता अर्थ निकाल्नै नसकिने किसिमका क्यारेक्टर तथा 'भिकिङ' जस्ता अति साधारण नाम उल्लेख गरेकाले यस्ता अधिकांश डेटा ब्रोकर कम्पनी पहिचान गर्न नसकिएको बताइएको छ । अध्ययनको तथ्याङ्कमा एक्सिओम दोस्रो नम्बरको डेटा ब्रोकरको रूपमा देखा परेको थियो,  जसले आफू बजारयोग्य विश्वका २.५ अर्ब ग्राहक माझ पुग्न सक्ने बताउँदै आएको छ ।

साथै उसले 'सुधारिएको उपभोक्ता पहिचानको लागि उपभोक्ताको पूर्ण धारणा निर्माण गर्ने' आफ्नो क्षमतालाई लिएर गर्व रहेको समेत बताउने गरेको छ । 

 

पछिल्लो अध्यावधिक: माघ ८, २०८० १३:२६