close

चुनावको मुखमा निर्वाचन आयोगको वेबसाइट असुरक्षित !

टेकपाना टेकपाना

माघ ८, २०८० १५:२४

चुनावको मुखमा निर्वाचन आयोगको वेबसाइट असुरक्षित !

काठमाडौं । निर्वाचन आयोग नेपलाको वेनबाइट असुरक्षित देखिएको छ । उक्त साइटको एसएसएल (Secure Sockets Layer) सर्टिफिकेटको म्याद सकिंदा वेबसाइट असुरक्षित देखिएको हो । 

यस विषयमा टेकपानासँग कुरा गर्दै आयोगकका सूचना अधिकारी श्रीधर पन्थीले वेबसाइटमा आऐको समस्याबारे प्राविधिक टोलीलाई जानकारी दिइसकेको र समाधान हुन लागेको जानकारी दिए । “यस विषयमा प्राविधिक टोलीलाई जानकारी दिएका छौं,” उनले भने, “अबको केही समयमा समस्या समाधान हुन्छ ।”

अहिले (election.gov.np) लिङ्क ब्राउज गर्दा साइट असुरक्षित रहेको चेतावनी देखिन्छ । लिङ्क खोल्ने बित्तिकै होमपेजमा रातो त्रिभुजमा विस्मयादिबोधक चिन्ह भएको आइकन आउँछ । 

सामान्यतः यस्तो आइकनले खतराको सङ्केत दिन्छ । त्यसको तल 'योर कनेक्सन इज नट प्राइभेट' लेखिएको छ । यसको अर्थ तपाईंको कनेक्सन गोप्य छैन भन्ने बुझिन्छ । 

त्यस्तै तलपट्टि तपाईंले सर्च गरेको लिङ्क खोलेर आक्रमणकारीले तपाईंको व्यक्तिगत जानकारी जस्तै पासवर्ड, मेसेज वा क्रेडिट कार्ड नम्बर चोरीको प्रयास गरिरहेका हुनसक्ने चेतावनी जारी गरिएको छ । यदि तल दायाँपट्टि रहेको 'ब्याक टु सेफ्टी' को बटनमा क्लिक गरियो भने हामी ब्राउजरको होमपेजमा पुगिन्छ ।

 

तर, एन्डभान्समा जाँदा उक्त सर्भरले साइटको (election.gov.np) सेक्युरिटी सर्टिफिकेट प्रमाणित गर्न नसकिएको भनिएको छ । यसको कारण कन्फिग्रेसन नमिलेर वा ह्याकरले तपाईंको कनेक्सन अवरोध गर्न लागेको हुनसक्ने भनिएको छ ।

झट्ट हेर्दा सर्वसाधारणलाई यो गलत लिङ्कमा पुगियो कि भन्ने डर पैदा हुन्छ । यसको प्रमुख कारण एसएसएल अर्थात् सेक्योर सकेट्स लेयर सर्टिफिकेट नमिलेको देखिएको हुनसक्ने वेबसाइट विश्लेषक बताउँछन् ।

नाम उल्लेख नगर्ने सर्तमा एक एक वेबसाइट डिजाइनरले भने, "यस्तो देखिनुको प्रमुख कारण एसएसल इरर नै हो । सम्भवतः कुनै कन्फिग्रेसन नमिलेको हुनसक्छ । त्यस्तो ठूलो समस्या होइन, सजिलै समाधान हुन्छ ।"

उक्त डोमेनका लागि प्रयोग भएको एसएसएलको यस्तो समस्या आएको हुनसक्ने उनले सुनाए । 

 

पछिल्लो अध्यावधिक: माघ ८, २०८० १७:४