close

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र पाकिस्तान बीचको लाइभ क्रिकेट

टेकपाना टेकपाना

माघ १०, २०८० १४:२२

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र पाकिस्तान बीचको लाइभ क्रिकेट

काठमाडौं । आईसीसी अन्डर-१९ मेन्स क्रिक्रेट वर्ल्डकप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेलिरहेको छ । याे खेल अनलाइनबाट निःशुल्क हेर्न सकिन्छ । 

आईसीसीले आफ्नो आधिकारिक वेबसाइट र एपबाट खेलको प्रत्यक्ष प्रसारण हेर्ने सुविधा दिएको छ ।

यसरी हेर्नुहोस् खेल 

-सबैभन्दा पहिले यहाँ क्लिक गरेर आईसीसीको वेबसाइट जानुहोस् । 

-त्यसपछि माथि दायाँपट्टि रहेको ‘Sign In’ आइकनमा क्लिक गर्नुहोस् ।

 

-त्यसपछि तलपट्टि फेसबुक, गुगल वा एप्पल अकाउन्टबाट साइनअप गर्नुपर्ने हुन्छ । (हामी यहाँ गुगल अकाउन्ट प्रयोग गर्दैछौं ।)

-त्यसका लागि गुगलको अप्सन छान्नुहोस् । 

-अनि आफूसँग भएको गुगल अकाउन्ट छान्नुहोस् । यति गरेपछि 'Continue' बटनमा क्लिक गर्नुहोस् । 

-त्यसपछि आफ्नो नाम, देशको नाम राखेर 'Terms and Conditions' मार्क गर्नुहोस् । 

 

-र, 'Create Account' बटनमा क्लिक गर्नुहोस् । 

-यति गरेपछि माथि रहेको 'Watch' सेक्सनमा जानुहोस् । अनि नेपाल र पाकिस्तानको ब्यानर भएको तलपट्टि 'Watch' बटनमा क्लिक गर्नुहोस् । 

यसरी तपाईं वेबसाइटमा नेपाल र पाकिस्तानबीचको खेल लाइभ हेर्न सक्नुहुन्छ । त्यस्तै आईसीसी क्रिकेटको आधिकारिक मोबाइल एप (एन्ड्रोइडआईओएस) बाट पनि खेल हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०८० १४:२७