close

भोलिदेखि काठमाडौंमा ‘ब्याटल अफ टाइटन्स’ प्रतियोगिता हुँदै, चार देशका १८ टिम भिड्ने

टेकपाना टेकपाना

माघ १२, २०८० ८:१

भोलिदेखि काठमाडौंमा ‘ब्याटल अफ टाइटन्स’ प्रतियोगिता हुँदै, चार देशका १८ टिम भिड्ने

काठमाडौं । नेपाल विद्यार्थी संघले माघ १३, १४ र १५ गते ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ नामकाे अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता काठमाडौंस्थित दशरथ रङ्गशालामा हुनेछ ।

नेपालको संविधानलाई अनुसरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सिर्जना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको नेविसंघले जनाएकाे छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाका अनुसार प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तानका १८ समूहले प्रतिस्पर्धा गर्नेछन् । तीन दिने कार्यक्रमका लागि आएका अतिथिलाई संघले खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने उनले सुनाए ।

यस प्रतियोगितामा प्रथम हुने समूहलाई तीन लाख ५० हजार, दोस्रो हुनेले एक लाख ५० हजार, अन्य श्रेणीमा विजयी हुनेले एक लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको कुल अनुमानित लागत ३० लाख रहेको छ ।

 

पछिल्लो अध्यावधिक: माघ १२, २०८० ८:१