close

नेपाली बजारमा आज आउँदै रेड्मी नोट १३ सिरिज

टेकपाना टेकपाना

माघ २२, २०८० ९:२१

नेपाली बजारमा आज आउँदै रेड्मी नोट १३ सिरिज

काठमाडौं । साओमीले आज नेपाली बजारमा रेड्मी नोट १३ सिरिज सार्वजनिक गर्ने भएको छ । काठमाडौंमा कार्यक्रम गर्दै कम्पनीले नोट सिरिजको पछिल्लो संस्करण सार्वजनिक गर्न लागेको हो ।

यस अन्तर्गत रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस उपलब्ध हुनेछन् । दुवै प्रो मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।

रेड्मी नोट १३ प्रो प्लसमा १२० रिफ्रेस रेट सहित ६.६७ इन्चको कर्भ्ड एमोलेड डिस्प्ले छ । फाइभजी कनेक्टिभिटी रहेको यस फोनमा मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट राखिएको छ ।

यसमा १२० वाटको फास्ट चार्जिङ सहित ५१२० एमएएचको ब्याट्री छ । धुलो र पानी प्रतिरोधीका लागि आईपी६८ छ । १२ जीबी र्‍याममा उपलब्ध हुने यो फोन २५६ जीबी तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यो फोनको सुरुवाती मूल्य करिब ४८ हजार रुपैयाँ हुने अनुमान छ ।

त्यस्तै अर्को मोडेल रेड्मी नोट १३ प्रो फोरजी स्मार्टफोन हो । यसमा पनि २०० मेगापिक्सेलकै मुख्य क्यामेरा छ । फोनमा १२० हर्जसम्मकाे रिफ्रेस रेटसहित ६.६७ इन्चको एमोलेड डिस्प्ले छ भने मिडियाटेक हेलियो जी९९ अल्ट्रा चिपसेट छ ।

यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसका लागि ६७ वाटको फास्ट चार्जर दिइएको छ । यसले आईपी५४ रेटिङ प्राप्त गरेको छ । यो फोनको सुरुवाती मूल्य करिब ३५ हजार रुपैयाँ हुने अनुमान छ ।

त्यस्तै बेस मोडेलका रूपमा सार्वजनिक हुने रेड्मी नोट १३ मा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, १२० हर्ज रिफ्रेस रेट सहित ६.६७ इन्चको एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ६८५ चिपसेट, ३३ वाटको फास्ट चार्जिङ सहित ५००० एमएएचको ब्याट्री छ ।

यो फोन ८ जीबी र्‍याम र २५६ स्टोरेज तथा १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ । नेपाली बजारमा यो फोन ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यो फोनको सुरुवाती मूल्य करिब २४ हजार रुपैयाँ हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: माघ २२, २०८० ९:४५