close

भ्यालेन्टाइन्स डे लक्षित ब्ल्याक एन्ड डेकरको अफर, 'गिफ्ट टु शेयर, लभ इन द एयर'

टेकपाना टेकपाना

माघ २२, २०८० १७:२८

भ्यालेन्टाइन्स डे लक्षित ब्ल्याक एन्ड डेकरको अफर, 'गिफ्ट टु शेयर, लभ इन द एयर'

काठमाडौं । भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै ब्ल्याक एन्ड डेकरले ले 'गिप्ट टु शेयर, लभ इन द एयर' नामक योजना सार्वजनिक गरेको छ । ११४ वर्षको लामो इतिहास बोकेको विद्युतीय सामग्रीको अमेरिकन ब्रान्डले नजिकिंदै गरेको भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

यो योजना अन्तर्गत ग्राहकले आफ्नो नजिकको व्यक्तिका लागि  ब्ल्याक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्ने बताइएको छ । स्टाइलिस, टिकाउ र भरपर्दो मानिने भएकाले यो कम्पनीका सामान गिफ्ट दिन उपयोगी हुने नेपालका लागि ब्रान्डको आधिकारिक बिक्रेता सीजी डिजिटलले जनाएको छ । यसका साथै ब्ल्याक एण्ड डेकरले सामाजिक सन्जालमा एक प्रतियोगिता पनि आयोजना गरेको छ ।  जसमा प्रयोगकर्ताले प्रतियोगिताको पोस्टमा लाइक र शेयर गरी आफ्नो जोडीको फोटो कमेन्ट गर्नुपर्ने छ । जसमध्ये एक भाग्यशाली बिजेताले ब्ल्याक एण्ड डेकरको कफिमेकर प्राप्त गर्नेछन् ।

ब्ल्याक एण्ड डेकरका एयरफ्रायर, इलेक्ट्रिक ओभन, टोस्टर ओभन(ओटीजी), इलेक्ट्रिक प्रेसर कुकर, एअर ह्युमिडिफायर, जुसर, ब्लेन्डर, मिक्सर, मिन्सर, भ्याकुम क्लिनर, गार्मेन्ट स्टिमर, स्टिममोप, ओएफआर हिटर, फ्यान हिटर, कफी मेकर, कित्ली जस्ता होम अप्लायन्स नेपाली बजारमा उपलब्ध छन् । कम्पनीले आफ्ना सम्पूर्ण उत्पादनमा २४ महिनाको वारेन्टी उपलब्ध गराएको छ भने नेपालभर रहेका आफ्ना ४० भन्दा बढी सर्भिस सेन्टरबाट बिक्री उप्रान्तको सेवा पनि छिटो छरितो रूपमा प्रदान गरिरहेको छ ।

सीजी डिजिटल शोरुम, एलजीशपी शोरुम, अन्य बिक्रेता तथा ईकमर्स साइट सीजी डिजिटल डटकम डट एनपी, दराज र सस्तो डिलमार्फत ब्ल्याक एण्ड डेकरका सामान खरिद गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: माघ २२, २०८० १७:२९