close

३५ सय भन्दा बढी ग्राहकलाई एनसेलको सय रुपैंया बोनस

टेकपाना टेकपाना

कात्तिक ३, २०८० १६:८

३५ सय भन्दा बढी ग्राहकलाई एनसेलको सय रुपैंया बोनस

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरूलाई शुक्रबार जनही सय रुपैंया बोनस ब्यालेन्स प्रदान गरेको छ । एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत सञ्चालनमा ल्याइएको यो योजनामा ग्राहकलाई बोनस ब्यालेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ ।

भाद्र ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको यो योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइजहरू पनि प्रदान गरिएको थियो । यसरी प्रदान गरिएका उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेको छ । दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकले सय रुपैंया बोनस ब्यालेन्सका लागि छानिएका थिए ।

विजेता ग्राहकले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरि एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । साप्ताहिक रूपमा सय रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुने ग्राहकहरूले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो ।

एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेताको पनि घोषणा गर्ने जनाएको छ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकले एक–एक स्कुटर जित्नेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८० १६:८