close

एनएमबी बैंकको मोबाइल बैकिङ एपबाट अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

टेकपाना टेकपाना

असार २४, २०८० १०:८

एनएमबी बैंकको मोबाइल बैकिङ एपबाट अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

काठमाडौं । एनएमबी बैंकको मोबाइल बैकिङ एपबाट अन्य बैंकको खातामा कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो । 

हाल कुनै पनि बैंकको मोबाइल बैंकिङ एपबाट अर्को बैंकको खातामा रकम पठाउँदा १० रुपैयाँ शुल्क लाग्छ। तर एनएमबी बैंको मोबाइल बैकिङ एप 'ईएनएमबी' एपबाट अन्तर बैकिङ रकम कारोबार नि:शुल्क गर्न सकिने भएको  छ । 

बैंकका अनुसार यो अफर असार र श्रावण महिनाको लागि मात्र लागू हुनेछ ।   

पछिल्लो अध्यावधिक: असार २४, २०८० १०:१४