close

ईसेवा प्रयोगकर्तालाई ‘डबल लखपति’ बन्ने अवसर

टेकपाना टेकपाना

फागुन १५, २०८० १७:८

ईसेवा प्रयोगकर्तालाई ‘डबल लखपति’ बन्ने अवसर

 

काठमाडाैं । ईसेवाले यस वर्ष पनि ‘मेरो यात्राको साथी’ नामक अफर ल्याएको छ । यसअन्तर्गत ईसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा वा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको टिकट खरिद गर्दा दुई लाख जितेर ‘डबल लखपति’ बन्न सकिने छ ।

यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवा प्रयोग गरी याे अफरमा सहभागी हुन सकिनेछ । त्यस्तै ईसेवामा रहेको यात्रा सम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्याशब्याक तथा उपहार पनि जित्न सक्नेछन् ।

यसअन्तर्गत आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक जनाले रु. ७००० सम्मको फूल रिफण्ड स्वरूप पूर्ण क्याशब्याक जित्ने मौका पाउनेछन् l

साथै यस अफर अन्तर्गत तीन वा बढी आन्तरिक हवाईजहाजको टिकट बुक गर्दा सबैले रु. ३०० सम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन्, जसका लागि प्रोमो कोडमा “Yatra300” प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै ईसेवामार्फत् होटल बुक गर्दा प्रोमो कोड “Hotel200” प्रयोग गरी सबैले रु. २०० क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

ईसेवाबाट बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले (हरेक हप्ता २ जनाको दरले) अफर अवधिमा शतप्रतिशत क्याशब्याक (रिटर्न टिकटको मूल्य बराबर) जित्ने मौका मिल्नेछ । प्रत्येक हप्ता यी दुई विजेताहरू ईसेवाको आधिकारिक सामाजिक सञ्जालको पेज मार्फत् घोषणा गरिनेछ ।

साथै प्रोमो कोड “Yatra50” प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले  रु. ५० क्याशब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै ईसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले “YATRA100” प्रोमो कोडको प्रयोगमा रु. १०० क्याशब्याक पाउन सक्नेछन् ।

यसैगरी अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म रु. १५०० सम्म क्याशब्याक (५ प्रतिशतको दरले) प्राप्त गर्न सकिनेछ । यो अफर फागुन १३ देखि चैत १३ गतेसम्म लागू हुनेछ ।

सेवाग्राहीले क्याशब्याक पाउनका लागि दिइएको प्रोमोकोडको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने तथा ४८ घण्टामा ईसेवा खातामा स्वचालित रूपमा उपलब्ध हुने समेत ईसेवाले जनाएको छ । 

पछिल्लो अध्यावधिक: फागुन १५, २०८० १७:८