close

नेपाली टिम ‘होरा ई-स्पोर्ट्स’ पब्जी मोबाइल सुपर लिगमा छनोट

टेकपाना टेकपाना

फागुन २०, २०८० २२:१९

नेपाली टिम ‘होरा ई-स्पोर्ट्स’ पब्जी मोबाइल सुपर लिगमा छनोट

काठमाडौं । ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ (सीएसए) २०२४’ मा १४ नेपाली टिममध्ये एकले मात्र स्थान बनाउन सफल भएकाे छ ।

२८ टिम सहभागी ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ (सीएसए) २०२४ साउथ एसिया क्वालिफायर’ मा नेपालबाट १४ टिमले खेलेका थिए । फाइनलमा भने सात टिमले मात्र स्थान बनाउन सकेका थिए । त्यसमध्ये ‘होरा ई-स्पोर्ट्स’ ले मात्र ‘पीएमएसएल सीएसए २०२४’आफ्नो स्थान पक्का गरेको हो ।

फाइनलमा सहभागी १६ टिममध्ये शीर्ष पाँचमा रहेका टिमले पीएमएसएल सीएसए २०२४ मा स्थान बनाएका हुन् । जसमा एक मात्र नेपाली टिम होरा ई-स्पोर्ट्स रहेको छ । शीर्ष पाँचमा दुई मङ्गोलियन टिम, दुई बङ्गलादेशी टिम र एक नेपाली टिम रहेका छन् ।

अङ्क तालिकाको शीर्ष स्थानमा मङ्गोलियन टिम स्काई फोर्स रहेको छ । त्यस्तै दोस्रो स्थानमा नेपाली टिम ‘होरा ई-स्पोर्ट्स’ र तेस्रो स्थानमा ‘केएस एएक्सई’ रहेको छ । त्यस्तै चौंथो र पाँचौ स्थानमा क्रमश: ‘स्ट्रोङ्गर ई-स्पोर्ट्स’ र ‘एवन टीएसटी ई-स्पोर्ट्स’ रहेका छन् ।

छ नेपाली टिम ‘ट्राइब एरोमेसी’, ‘लियो ई-स्पोर्ट्स’, ‘रअ ई-स्पोर्ट्स’, ‘एफिप्टीवन’, ‘डीएक्सटी’ र ‘एलुमिनेट क्रु’ को यात्रा फाइनलबाटै टुङ्गिएको छ ।

‘डीआरएस गेमिङ’ले भने ‘पीएमएसएल सीएसए २०२४’ मा आमन्त्रित टिमको रुपमा खेल्ने पक्का भइसकेको छ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८० २२:१९