close

मोबाइल वर्ल्ड कङ्ग्रेसमा अनरले जित्यो ४५ मिडिया अवार्ड

टेकपाना टेकपाना

फागुन २४, २०८० १३:३

मोबाइल वर्ल्ड कङ्ग्रेसमा अनरले जित्यो ४५ मिडिया अवार्ड

 

काठमाडौं । फेब्रुअरी २६-२९ सम्म बार्सिलोनामा आयोजना भएको मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) २०२४ मा टेक्नोलोजी ब्रान्ड अनरले ४५ ओटा ग्बोबल मिडिया अवार्ड जितेको छ । एमडब्लूसी २०२४ मा सार्वजनिक भएको म्याजिक सिक्स प्रो र म्याजिक बुक प्रो १६ का लागि कम्पनीले मिडिया अवार्ड हात पारेको हो ।

यसमध्ये अनर म्याजिक सिक्स प्रोलाई एन्ड्रोइड हेडलाइनले ‘बेस्ट अफ एमडब्लूसी २०२४’, सीएनईटीले ‘वर्षकै आकर्षक एन्ड्रोइड फ्ल्यागशिप मध्येको एक’, जीक्यू स्पेनले ‘उत्कृष्ट हार्डवेयर र सफ्टवेयर’ अवार्ड दिएको छ । त्यसैगरी अनरको पहिलो एआई पीसी कम्प्युटर अनर म्याजिकबुक प्रो १६ लाई म्यासएबलले एमडब्लूसी २०२४ को सर्वोत्कृष्ट ल्यापटपु, एन्ड्रोइड अथोरिटीले ‘बेस्ट अफ एमडब्लूसी २०२४’ अवार्ड प्रदान गरेको छ ।

अनरको म्याजिक सिक्स प्रोमा १२० हर्ज भएको ६.८ इन्चको ओलेड डिस्प्ले रहेको छ । ५००० एमएएच ब्याट्री भएको फोनको अधिकतम ब्राइटनेस ५००० निट्स रहेको छ ।

फोनमा ट्रिपल क्यामेरा सेटअप छ, जसमा क्रमशः ५० मेगापिक्सेल (वाइड), ५० मेगापिक्सेल (अल्ट्रावाइड) र ३२ मेगापिक्सेल (टेलिफोटो) रहेको छ । सेल्फी क्यामेरा भने ५० मेगापिक्सेलको दिइएको छ । क्वालकमको स्न्यापड्रागन ८ जेन थ्री चिपसेट रहेको फोनमा र्‍याम भने १२ र १६ जीबीको विकल्प दिइएको छ । स्टोरेजमा भने २५६ जीबी, ५१२ जीबी र एक टीबीको विकल्प छ ।

त्यस्तै एआई पीसी भनेर चर्चा गरिएको म्याजिकबुक प्रो १६ मा विभिन्न एआई फिचर दिइएका छन् । जसमध्ये म्याजिकरिङ इन्ट्रिग्रेसन, स्मार्ट प्लानिङ एन्ड एडजस्मेन्ट, स्मार्ट इमेज सर्च, स्मार्ट डकुमेन्ट समरी लगायतका एआई फिचर रहेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन २४, २०८० १३:३