close

डिजिटल भुक्तानीका लागि खल्ती र गरिमा विकास बैंकबीच रणनीतिक सम्झौता

टेकपाना टेकपाना

फागुन २४, २०८० १३:५५

डिजिटल भुक्तानीका लागि खल्ती र गरिमा विकास बैंकबीच रणनीतिक सम्झौता

काठमाडौं । डिजिटल वालेट खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरूले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्नसक्ने भएका छन् ।

यो साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप (गरिमा डिजिटल बटुवा)बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्तीमार्फत लिन सक्नेछन् ।

ग्राहकहरूले खल्ती प्रयोग गरी मुभी, इभेन्ट लगायतको टिकट खरिदसँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्नेछन् । बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरूले खल्तीबाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् ।

खल्तीले हालसम्म ५० बढी बैंकसँग हातेमालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आइरहेका छ । यसै अनुरूप गरिमा विकास बैंक सँगको यो साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिने कुरामा आफूहरू विश्वस्त रहेको खल्तीका सीईओ विनय खड्काले बताए ।

पछिल्लो अध्यावधिक: फागुन २४, २०८० १३:५५