close

एरोज ब्राण्डका ८ प्रडक्ट दराजमा, ५० प्रतिशत छुटसहित खरिद गर्न सकिने

उष्मा अधिकारी

चैत १, २०८० १९:२९

एरोज ब्राण्डका ८ प्रडक्ट दराजमा, ५० प्रतिशत छुटसहित खरिद गर्न सकिने

काठमाडौं । एरोज लाइफस्टाइल आधिकारिक रुपमा ईकमर्स प्लेटफर्म दराजमा उपलब्ध भएको छ । आजदेखि यो ब्रान्डका प्रडक्टहरू दराजमा उपलब्ध भएको हो । ब्रान्ड लञ्चको अवसरमा कम्पनीले इयरबड्स, पावरबैंक, नेकब्यान्ड, स्पिकर लगायत गरी आठ प्रडक्ट दराजमार्फत उपलब्ध गराउँदैछ ।

कम्पनीले ब्रान्ड लञ्च अफर अन्तर्गत एक सातासम्म यी प्रडक्टमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । साथै अफरपछि पनि ग्राहकले २० प्रतिशत छुटमा यी उत्पादन किन्न सक्नेछन् । साथै कम्पनीले लञ्च अफरसँगै अन्य विभिन्न अफर पनि ल्याएको छ । यसअन्तर्गत दराजमार्फत यीमध्ये कुनै पनि प्रडक्ट खरिद गर्ने पहिलो २०० ग्राहकले रु. ५०० को भाउचर पाउनेछन् ।

साथै आफ्नो क्रेडिट वा डेबिट कार्डमार्फत यी प्रडक्टको भुक्तानी गर्नुभयो भने १० प्रतिशत क्याशब्याक पाउनुहुनेछ । त्यस्तै यी प्रडक्टहरू तपाईँको घरसम्म आइपुग्न कुनै डेलिभरी शुल्क लाग्ने छैन । 

केके छन् प्रडक्ट ?

हामीले एरोजका दुई इयरबड्स र साेलार पावरबैंकको भिडिओ अगाडि नै बनाइसकेका छौँ, त्यसबाहेक दराजमा अरु केके प्रडक्ट आउँदै छ त ?

पी१३७ र पी७८ म्याक्स इयरबड्स बाहेक हामीसँग भएको अर्को इयरबड्स हो, इयरबड्स पी६० प्राे । यो इयरबड्सको लुक्सले अवश्य पनि तपाईँलाई तान्न सक्छ । किनभने यो इयरबड्स तपाईँले ट्रान्सप्यारेन्ट लुक्समा पाउन सक्नुहुन्छ ।

अर्थात् इयरबड्स भित्रका पाटपूर्जा पनि यहाँ देख्न सकिन्छ । स्पेक्सको कुरा गर्नुपर्दा यो इयरबड्समा ईएनसी, २० घण्टा टक टाइम, ब्लुटुथ भर्सन ५.३, साथै भ्वाइस असिस्टेन्ट सपाेर्ट रहेकाे छ । कम्पनीले यो इयरबड्सको मूल्य २,९९९ रूपैँया कायम गरेको छ । तर लन्च अफर अवधिभर तपाईँले यो इयरबड्स १५०० रूपैँयामा खरिद गर्न सक्नुहुनेछ भने अफरपश्चात २,३९९ रूपैँयामा किन्न सकिनेछ । 

त्यसैगरी एरोजको साेलार प्यानलयुक्त पावरबैंक बाहेक दराजमा थप दुई पावरबैंक पनि आउँदैछ; PD-022 र PD- 205 । PD- 022 मोडेलमा २० हजार एमएएच ब्याट्री क्षमता र सुपरफास्ट चार्जिङ फिचर रहेकाे छ । त्यसबाहेक यसमा एलईडी लाइट डिस्प्ले, एउटा माइक्राे र अर्को टाइप सी डुअल इन्पुट इन्टरफेस छ ।

यो पावरबैंककाे मुख्य हाइलाइट भनेको नै यस्को सुपर फास्ट चार्जिङ रहेको छ भने यसमा भएको इन्डिकेटरबाट पावरबैंकमा कति चार्ज छ भनेर पनि हेर्न सकिन्छ । कम्पनीले यो पावरबैंकको मूल्य ३,८७४ रूपैँया कायम गरेको छ भने लन्च अफरको रूपमा तपाईँले यो पावरबैंक १,९३७ रूपैँयामा खरिद गर्न सक्नुहुनेछ । अफर अवधिपछि भने २० प्रतिशत छुट सहित ३,०९९ रूपैँयामा किन्न सकिनेछ । 

त्यसैगरी अर्को पावरबैंक छ, PD205 । यो पावरबैंकको लुक्सले पनि तपाईँलाई अकर्षित  गर्न सक्छ । यो पावरबैंकमा युनिक ट्रान्सप्यारेन्ट डिजाइन रहेकाे छ । अघिको इयरबड्समा जस्तै यसमा पनि भित्रको पाटपूर्जा देख्न सकिन्छ । यो पावरबैंकमा पनि पनि २० हजार एमएएच ब्याट्री रहेकाे छ ।

त्यसबाहेक यसमा  फ्यान्सी लाइट, एलइडी डिजिटल डिस्प्ले टाइप सी पीडी फास्ट चार्ज, दुई वटा यूएसबी पाेर्ट र एउटा टाइप सी पाेर्ट रहेकाे छ ।  यो पावरबैंकको मूल्य एरोजले ३,७४९ रूपैँया कायम गरेको छ भने अफर अवधिभर १,८७५ रूपैँयामा खरिद गर्न सकिन्छ । अफरपछि भने २,९९९ रूपैँयामा यो पावरबैंक किन्न सक्नुहुनेछ ।

त्यसैगरी मसँग भएको अर्को प्रडक्ट हो, Karaoke speaker । यसलाई कम्पनीले Colorful Karaoke Speaker K88 नाम दिएको  छ । घरमै परिवारसँगको भेटघाट होस् वा साथीहरुसँगको सानो जमघट अथवा, आफ्नो हाइकिङ, ड्राइ पिकनिकलाई रमाइलो बनाउका लागि यो प्रडक्टले तपाईँलाई अवश्य पनि मनाेरञ्जन प्रदान गर्न सक्छ । किनभने यो पाेर्टेबल छ । तपाईँले यसलाई बोकेर जतापनि लान सक्नुहुन्छ । साथै यो ब्लुटुथ भर्सन ५.३ मा आधारित छ भने यसमा फन भ्वाइस चार्जर फिचर पनि उपलब्ध छ, जसले गर्दा जमघटमा रमाइला वातावरण नै सिर्जना हुन्छ ।

यसमा छूट्टै माइक पनि दिइएको छ, जसको रेन्ज पनि राम्रै छ । तपाईँले आफ्नो बालबालिकालाई पनि यो डिभाइस गिफ्ट गर्न सक्नुहुन्छ । एरोजले यो Karaoke को मूल्य ३,१२४ रूपैँया कायम गरेको छ भने अफर अवधिभर यो स्पिकर १,५६२ रूपैँयामा खरिद गर्न सकिन्छ । अफरपछि २,४९९ रूपैँयामा किन्न सकिन्छ । 

हामीसँग अर्को अन्तिम प्रडक्ट छ, BT-02 माेडेलकाे नेकब्यान्ड । एराेजले यो नेकब्यान्डमा निरन्तर ४५ घण्टासम्म गीत सुन्न सकिने दाबी गरेको छ । १० मिटर दूरीसम्मको ब्लुटुथ रेन्ज दिने यो नेकब्यान्डमा गीत सुन्ने, फोन गर्ने लगायत सिरी र गुगल भ्वाइस असिस्टेन्ट पनि प्रयोग गर्न सकिन्छ ।

यो नेकब्यान्ड तपाईँले ब्लु र ब्ल्याक कलर अप्सन पाउनुहुन्छ । कम्पनीले यो नेकब्यान्डकाे मूल्य १,५९९ रूपैँया कायम गरेको छ भने अफर अवधिभर यो नेकब्यान्ड ८०० रूपैँयामा खरिद गर्न सकिन्छ । त्यस्तै अफर पश्चात १,१९९ रूपैँयामा किन्न सकिन्छ । 

एरोजका यी सबै प्रडक्टहरूमा तपाईँले ६ महिनाको वारेन्टी पाउन सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: चैत १, २०८० १९:२९