close

पब्जी र फ्रिफायर गेमले विकृति ल्यायोः सांसद न्यौपाने

टेकपाना टेकपाना

चैत २, २०८० १४:३१

पब्जी र फ्रिफायर गेमले विकृति ल्यायोः सांसद न्यौपाने

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ ईश्वरी देवी न्यौपानेले पब्जी, फ्रिफायर जस्ता मोबाइल ई-स्पोर्ट्सले विकृति ल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै न्यौपानेले मोबाइल गेमले निम्त्याइरहेको समस्यामा गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

“आज बिहान मेरो घरमा एक जना आमा आउनु भएको थियो । उहाँको बच्चाले मोबाइलमा गेम खेल्दा बैंक अकाउन्टमा भएको पैसा सकिएछ,” उनले भनिन्, “गेम खेलेर पैसा सकाउने विषय कसरी रोक्ने भनेर ती आमाले भन्नुभयो । म स्वयं यसबाट चिन्तित भएँ ।”

त्यस्तै पब्जी र फ्रिफायरले ल्याएको विकृति रोक्न र बच्चालाई रचनात्मक बनाउन काम गर्ने समय आएको उनले सुनाइन् ।

“बच्चाले खेल्ने पब्जी र फ्रिफायरले ल्याएको विकृति रोक्ने र बच्चालाई रचनात्मक काममा कसरी लगाउने भन्नेबारेमा सोच्ने बेला भएर न र ! यसमा गम्भीर बनौं । सरकारले पनि यसमा पहल गरोस्,” उनले भनिन् ।

पछिल्लो अध्यावधिक: चैत २, २०८० १४:५२