close

सामसङ ए सिरिजका दुई नयाँ फोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

चैत ५, २०८० १७:१४

सामसङ ए सिरिजका दुई नयाँ फोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्ना दुई नयाँ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार ग्यालेक्सी ए५५ र ग्यालेक्सी ए३५ फाइभजी गरी दुई नयाँ मोडेल सार्वजनिक गरेको हो । 

दुवै मोबाइलमा सामसङ नक्स भउल्ट जस्ता उच्च स्तरका सुरक्षा फिचर समावेश छन् । जसले मोबाइलमा स्टोर गरिएका निजी डेटा इन्क्रिप्ट गरेर सुरक्षित रहन्छन् । यस्तोमा मोबाइल हराएमा वा चोरी भएमा तपाईंको डेटामा पहुँच बनाउन दिंदैन ।

ग्यालेक्सी ए५५ ले कम प्रकाश भएको अवस्थामा पनि स्पष्ट र जीवन्त फोटो खिच्न सक्ने बताइएको छ ।  यो फोनमा रहेको आधुनिक एआई इमेज सिग्नल प्रोसेसिङ (आईएसपी) ले ग्यालेक्सी ए सिरिजमा पहिले कहिल्यै नदेखिएको लो-लाइट इमेज क्षमता रहेको छ । त्यस्तै यसमा रहेको नाइट पोट्रेट मोड र १२–बिट एचडीआर भिडिओले हरेक तस्विरमा मानिसहरूलाई आकर्षक देखाउने कुराको सुनिश्चितता गर्छ । 

ग्यालेक्सी ए५५ फाइभजी र ग्यालेक्सी ए३५ फाइभजी दुवैमा उत्कृष्ट फोटोग्राफी क्षमता रहेको कम्पनीकाे भनाइ छ । दुवै फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) र भिडिओ डिजिटल इमेज स्टेबलाइजेसन (भीडीआईएस) जस्ता फिचर समावेश छन् । जसले गर्दा हिंड्दै वा गतिशील अवस्थामा खिच्दा समेत फोटो र भिडिओमा समस्या आउँदैन । 

दुवै फोनमा ६.५ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड १४ मा आधारित यी फोनमा चार वर्षको ओएस, एउटा यूआई अपग्रेड र पाँच वर्षको सुरक्षा अपडेट प्राप्त हुनेछ । 

८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको ग्यालेक्सी ए३५ को मूल्य ४६ हजार ९९९ रुपैयाँ र यसको ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टलाई ५१ हजार ९९९ रुपैयाँ पर्नेछ ।

त्यसैगरी ग्यालेक्सी ए५५ को ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६२ हजार ९९९ रुपैयाँ र १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६७ हजार ९९९ रुपैयाँ रहेको छ । 

यी दुवै फोनमा २५ वाटको सामसङ चार्जर पनि निःशुल्क पाइनेछ ।

ग्राहकले ग्यालेक्सी ए५५ फाइभजी र ग्यालेक्सी ए ३५ फाइभजी इन्स्टा फाइनान्समा सरल किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । जसका लागि ग्राहकले आफ्नो नागरिकता मात्र ल्याए पुग्ने बताइएको छ ।

इन्स्टा फाइनान्सका साथै ग्राहकले आफ्नो कुनै पनि पुरानो डिभाइस एक्सचेन्ज गरी नयाँ ग्यालेक्सी ए५५ फाइभजी वा ग्यालेक्सी ए३५ फाइभजी लिन सक्नेछन् ।

यो सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको ए, एम, एस, एन वा जेड सिरिज र कुनै पनि सी ब्रान्ड स्मार्टफोनको मूल्याङ्कनमा थप २,५०० रुपैयाँ बोनस पनि पाउनेछन् ।

यसबाहेक सामसङ ग्यालेक्सी जे सिरिजका स्मार्टफोन एक्सचेन्ज गर्दा १,५०० रुपैयाँ बोनस पाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८० १३:२१