close

मोबाइलमै डिजाइनिङको काम गर्न ‘एडोबी एक्सप्रेस’ एप

टेकपाना टेकपाना

चैत ६, २०८० १०:५

मोबाइलमै डिजाइनिङको काम गर्न ‘एडोबी एक्सप्रेस’ एप

काठमाडौं । एडोबीले हालै क्लाउडमा आधारित मोबाइल डिजाइन प्लेटफर्म सार्वजनिक गरेको छ । एडोबी फायरफ्लाई जेनेरेटिभ एआईमा भएको फिचरसहित कम्पनीले एडोबी एक्सप्रेस (Adobe Express) ल्याएको हो ।

यस एपमा टेक्स्ट-टु-इमेज, जेनेरेटिभ फिल, टेक्स्ट इफेक्ट, भिडिओ एडिटिङ, टेम्प्लेट, कन्टेन्ट शेड्युल, ब्रान्ड किट्स, कोल्याबाेरेसन लगायतका फिचर हुने कम्पनीले जनाएको छ ।

एपबाट प्रयोगकर्ताले सामाजिक सञ्जाल पोस्ट, पोस्टर, वेबसाइट ब्यानर लगायतका डिजाइन सजिलै बनाउन सक्नेछन् । हाल बेटा भर्सनमा रहेको एपमै रहेको एपमा शब्द (प्रम्ट) का भरमा तस्वीर बनाउन जेनेरेटिभ क्रेडिट आवश्यक पर्छ ।

कम्पनीका अनुसार एडोबी एक्सप्रेस बेटा प्रयोगकर्ताले मासिक २५ क्रेडिट प्राप्त गर्छन् । त्यस्तै एपबाटै डेस्कटपमा काम गरिरहेको डिजाइन परियोजनामा समेत काम गर्न सकिने छ ।

साथै क्रिएटिभ क्लाउड सब्सक्राइबर गर्ने प्रयोगकर्ताले भने यसै मोबाइल एपबाट फोटोशप तथा इलुस्ट्रेटरमा पहुँच पाउने तथा काम गर्नसक्ने जनाइएको छ ।

अहिले एपको बेटा भर्सनमा इरेज एन्ड रिमुभ ब्याकग्राउन्ड जस्ता प्रिमियम फिचर नि:शुल्क छन् ।

कम्पनीले २०२१ देखि एडोबी एक्सप्रेस सञ्चालन गरिरहेको छ । यसको जेनेरेटिभ एआई फिचर भने २०२१ को जुलाईमा मात्र आएको हो । यसमा तिनै एआई फिचरहरू कम्पनीले उपलब्ध गराएको हो ।

एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८० १०:७