close

आठ महिनामा नेपाल भित्रिए ७८ करोड मूल्यका पावरबैंक, ९० प्रतिशत चीनबाट आयात

टेकपाना टेकपाना

चैत ७, २०८० ११:१५

आठ महिनामा नेपाल भित्रिए ७८ करोड मूल्यका पावरबैंक, ९० प्रतिशत चीनबाट आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो आठ महिनामा नेपालले ७७ करोड ९३ लाख रुपैयाँ बराबरको एक लाख बढी थान पावरबैंक आयात गरेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि फागुनसम्म नेपालमा विभिन्न ब्राण्डका एक लाख २० हजार १३२ थान पावरबैंक आयात भएका छन् ।

यसमध्ये ६४ करोड ७२ रुपैयाँ बराबरको एक लाख ९६ हजार ६५९ थान पावरबैंक (९१.२८ प्रतिशत) चीनबाट मात्र भित्रिएको छ । त्यस्तै दोस्रो धेरै पावरबैंक आयात भारतबाट आएको छ । त्यहाँबाट १३ करोड ८६ हजार रुपैयाँ बराबरको १० हजार ४५६ पावरबैंक नेपाल भित्रिएको छ ।

यो संख्या गत वर्षको तुलनामा करिब दोब्बर बढी हो । गत आव यही अवधिमा नेपालमा ३४ करोड ६४ लाख रुपैयाँ बराबरको ६७ हजार १६८ थान पावरबैंक भित्रिएको थियो ।

गएकाे फागुन महिनामा १२ हजार १२८ थान पावरबैंक नेपाल भित्रिएको विभागको तथ्याङ्क छ । जुन माघ महिनाको तुलनामा पाँच हजार २१७ ले कम हो । माघमा १७ हजार ३४५ थान पावरबैंक नेपाल भित्रिएका थिए ।

पछिल्लो अध्यावधिक: चैत ७, २०८० ११:२८