close

अनधिकृत रूपमा आफ्नो लोगो प्रयोग नगर्न पर्यटन बोर्डको अनुरोध

टेकपाना टेकपाना

चैत ७, २०८० १४:१३

अनधिकृत रूपमा आफ्नो लोगो प्रयोग नगर्न पर्यटन बोर्डको अनुरोध

 

काठमाडौं । नेपाल पर्यटन बोर्डले अनधिकृत रूपमा आफ्नो लोगो प्रयोग नगर्न सबैलाई अनुरोध गरेको छ । एक सूचना जारी गर्दै बोर्डले बिना अनुमति आफ्नो आधिकारिक लोगो लोगो प्रयोग नगर्न अनुरोध गरेको हो ।

विभिन्न कार्यक्रममा बोर्डको संलग्नता रहेको भन्दै अनधिकृत रुपमा आधिकारिक लोगो प्रयोग गरेको पाइएपछि सूचना निकाल्नु परेको बोर्डले जनाएको छ ।

लिखित सम्झौता, सहमति वा अनुमोदन बिना आधिकारिक लोगो प्रयोग गर्नु अपराध मानिने र त्यसो गरेको पाइए कारबाहीमा परिने बोर्डको सूचनामा उल्लेख छ । त्यस्तै बोर्डको लोगो प्रयोग गर्न अनुमति लिनु पर्ने बताइएको छ । 

पछिल्लो अध्यावधिक: चैत ७, २०८० १४:१३