close

ट्याक्सी ड्राइभरका छोरा मुस्ताफा सुलेमान बने माइक्रोसफ्ट एआईका सीईओ, को हुन् उनी ?

टेकपाना टेकपाना

चैत ७, २०८० १८:४६

ट्याक्सी ड्राइभरका छोरा मुस्ताफा सुलेमान बने माइक्रोसफ्ट एआईका सीईओ, को हुन् उनी ?

काठमाडौं । माइक्रोसफ्टले गुगल डिपमाइन्डका सह-संस्थापक मुस्ताफा सुलेमानलाई आफ्नो कम्पनीमा भित्र्याएको छ । सामाजिक सञ्जाल एक्समा मुस्ताफा सुलेमान स्वयंले यसको जानकारी दिएका हुन् ।

माइक्रोसफ्टमा नयाँ टिमको सीईओको रूपमा आबद्ध भएको कुरा उनले उनले लेखेका छन् । यो टिमले कम्पनीको कञ्जुमर फेन्सिङ एआई उत्पादन सम्हाल्नेछ । यो टिमलाई कोपाइलट, बिङ्ग र एज जस्ता उत्पादनको जिम्मेवारी रहनेछ ।

यसका साथै उनले माइक्रोसफ्ट एआईको कार्यकारी उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नेछन् र कम्पनीको वरिष्ठ नेतृत्वको टिमको हिस्सा हुनेछन् । यो टिमले सोधै माइक्रोसफ्टका सीईओ सत्य नादेलालाई रिपोर्ट गर्नेछ । मुस्ताफा सुलेमानले सन् २०१० मा एआई ल्याब डिपमाइन्ड सह-संस्थापन गरेका थिए ।

जसलाई गुगलले सन् २०१४ मा अधिग्रहण गरेको थियो । वास्तवमा गुगल डिपमाइन्डको माध्यमबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा माइक्रोसफ्टसँग टक्कर दिने तयारीमा छ ।

यद्यपि सुलेमान पछिल्ला केही वर्षदेखि उक्त डिभिजनमा थिएनन् । उनलाई सन् २०१९ मा बिदा गरिएको थियो । ब्लुमबर्गको रिपोर्ट अनुसार त्यसताका उनका कयौं परियोजनाका कारण बिदा दिइएको थियो । पछि गुगल र डिपमाइन्डले सुलेमान विरुद्ध कर्मचारीलाई हैरानी दिएको आरोपमा छानबिन समेत सुरु गरेको थियो ।

सुलेमानले सन् २०२२ मा गुगल छोडे र इन्फ्लेक्सन एआई स्टार्टअप सह-संस्थापन गरे । मुस्ताफा सुलेमानलाई नियुक्त गर्नुका साथै माइक्रोसफ्ट इन्फ्लेक्सन एआईलाई कयौं अन्य कर्मचारीहरूलाई समेत आफ्नो टिममा समावेश गरिरहेको छ ।

त्यसमा कम्पनीका सह-संस्थापक करेन सिमोन्यान समेत समावेश छन्, जसले माइक्रोसफ्टमा कन्जुमर एआई समूहका प्रमुख वैज्ञानिकको रूपमा काम गर्नेछन् । केभिन स्टक माइक्रोसफ्टका प्रमुख प्राविधिक अधिकृत र एआई डिभिजनका कार्यकारी उपाध्यक्षको रूपमा रहिरहने छन् ।

त्यसै अवसरमा सत्य नादेलाले कर्मचारीलाई शेयर गरेको मेमोमा भनेका छन्, "म कयौं वर्षदेखि मुस्ताफालाई जान्दछु । डिपमाइन्ड र इन्फ्लेक्सनका संस्थापकको रूपमा भिजनरी, उत्पादन निर्माता र उत्कृष्ट टिम निर्माणका मामिलामा उनको प्रशंसा गर्छु ।" उनले अगाडि भनेका छन्, "हामीसँग एक यस्तो प्रविधि बनाउने मौका छ, जुन एकताका असम्भव मानिंदै थियो । यो प्रविधिले हाम्रो लक्ष्यलाई अगाडि बढाउनेछ र सबै मानिससम्म एआईका लाभ सुरक्षित र जिम्मेवार तरिकाले पुर्‍याउनेछ ।"

माइक्रोसफ्टले ओपनएआईमा समेत थुप्रै लगानी गरेको छ । मुस्ताफा सुलेमानको जन्म अगस्ट १९८४ मा भएको हो । जो एक बेलायती आर्टिफिसियल इन्टेलिजेन्स उद्यमी हुन् । सुलेमानका बुबा सिरियाका एक ट्याक्सी ड्राइभर थिए भने आमा बेलायतमा नर्स थिइन् । सुलेमानले आफ्नो सुरुवाति पढाइ नर्थहिल प्राइमरी स्कुलबाट गरे ।

उनले डिमाइस ह्यासबिससँग मिलेर डिपमाइन्डको सुरुवात गरेका थिए । यद्यपि उनले १९ वर्षकै उमेरमा विश्वविद्यालयको पढाइ छोडिदिए । त्यसपछि उनले टेलिफोन काउन्सिलिङ सर्भिस मुस्लिम युथ हेल्पलाइन सुरुवात गरे । उक्त संस्था पछि बेलायतमा रहेका मुस्लिमहरूका लागि सबैभन्दा ठूलो मानसिक स्वास्थ्य सहायता सेवा मध्येको एक बन्यो । 

पछिल्लो अध्यावधिक: चैत ७, २०८० १८:४६