close

ईसेवाबाट बैंकमा पैसा ट्रान्सफर गर्दा आईफोन १५ प्रो जित्न सकिने

टेकपाना टेकपाना

चैत १९, २०८० ११:४९

ईसेवाबाट बैंकमा पैसा ट्रान्सफर गर्दा आईफोन १५ प्रो जित्न सकिने

काठमाडौं ।  डिजिटल वालेट ईसेवाले आईफोन १५ प्रो जित्न सकिने अफर ल्याएको छ । कम्पनीले ‘बैंक ट्रान्सफर गर्नुहोस्, आईफोन १५ प्रो जित्नुहोस्’ नामक अफर ल्याएको जानकारी दिएको हो ।

कम्पनीले ११ वैशाखसम्म बैंकमा ट्रान्सफर गर्नेमध्ये एक भाग्यशाली प्रयोगकर्तालाई सो फोन दिने बताएको छ । यसका लागि प्रयोगकर्ताले बैंकमा रकम ट्रान्सफर गरे पुग्छ ।

कम्पनीका अनुसार यसमा केवाईसी भेरिफाइड भएका सबै प्रयोगकर्ता सहभागी हुनेछन् ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८० १५:५२