close

यी व्यक्ति, जो क्रिप्टोकरेन्सीमा लगानी गरेर अर्बपति बने

टेकपाना टेकपाना

चैत २१, २०८० १७:५८

यी व्यक्ति, जो क्रिप्टोकरेन्सीमा लगानी गरेर अर्बपति बने

काठमाडौं । गत ५ मार्चमा क्रिप्टोकरेन्सी बिटक्वाइनले इतिहासकै उच्च मूल्यको रेकर्ड राखेको थियो । अमेरिकाले बिटक्वाइनसँग जोडिएको एक्सचेन्ज ट्रेडेड कोषलाई कानूनी मान्यता दिएपछि त्यसको मूल्य बढेर एकै दिन ७३ हजार डलर पुगेको थियो । आज बुधबार बिटक्वाइनको मूल्य ६६ हजार ३६० डलर कायम छ ।

बिटक्वाइनको मूल्य बढ्दा यस वर्ष क्रिप्टोकरेन्सीमा लगानी गर्नेमध्ये १७ जना धनाढ्यको सूचीमा परेको फोर्ब्सले उल्लेख गरेको छ । गत वर्ष क्रिप्टोमा लगानी गर्नेमध्ये नौ जना धनाढ्य सूचीमा अटाएका थिए । यस वर्ष उक्त सूचीमा परेका १७ जनाको कूल सम्पत्ति करिब ९३ अर्ब डलर रहेको छ ।

गत वर्ष त्यस सूचीमा अटाएकाहरूको कूल सम्पत्ति ३७ अर्ब डलर थियो । फोर्ब्सका अनुसार क्रिप्टोकरेन्सीमा संलग्न सबैभन्दा धनाढ्य व्यक्ति हुन्, चाङपेङ ज्हाओ (सीजेड) ।

चाङपेङ क्रिप्टो एक्सचेन्ज प्लेटफर्म बाइनान्सका संस्थापक हुन् । गत वर्ष उनीको सम्पत्ति साढे १० अर्ब डलर थियो । सन् २०२४ मा भने उनी ३३ अर्ब डलरका मालिक बनेका छन् । विश्वका धनाढ्यको सूचीमा शीर्ष ५०औं स्थानमा रहेका उनी क्रिप्टोमार्फत सबैभन्दा बढी आम्दानी गर्ने व्यक्ति पनि हुन् । उनको अधिकांश सम्पत्ति बाइनान्सबाट आउँछ ।

क्रिप्टोकरेन्सीमा लगानी गरेका दुई जना अर्बपति माइकल सेलर र ब्राइन आर्मस्ट्रङ यो वर्ष आकर्षक रूपमा आफ्नो सम्पत्ति बढाउन सफल भए ।

माइक्रोस्ट्राटेजी नामक सफ्टवेयर कम्पनीका सीईओ माइकल सेलरले पनि क्रिप्टो करेन्सीमा राम्रै रकम लगानी गरेका छन् । उनले लगानी गरेको क्रिप्टोकरेन्सीको मूल्य गत वर्ष ७६ करोड डलर थियो भने अहिले बढेर चार अर्ब ४० करोड डलर पुगेको छ । 

त्यसैगरी क्रिप्टो एक्सचेन्ज प्लेटफर्म क्वाइनबेसका सीईओ ब्राइन आर्मस्ट्रङको अधिकांश लगानी क्रिप्टोकरेन्सीमै छ । गत वर्ष दुई अर्ब २० करोड डलर भ्यालु भएको क्वाइसबेसको मूल्य यो वर्ष ११ अर्ब २० करोड डलर पुगेको छ । 

क्रिप्टोमा लगानी गर्ने अर्बपति लगानीकर्ताको नाम र सूची 

१) चाङपेङ ज्ह्वाओ - ३३ अर्ब डलर कूल सम्पत्ति (१०.५ अर्ब गत वर्ष) सम्पत्तिको स्रोत- बाइनान्स 

२) ब्राएन आर्मस्ट्रङ - ११.२ अर्ब डलर कूल सम्पत्ति (२.२ अर्ब गत वर्ष) सम्पत्तिको स्रोत- क्वाइनबेस

३) जियान्कार्लो देवासिनी - ९.२ अर्ब डलर कूल सम्पत्ति (४ अर्ब गत वर्ष) सम्पत्तिको स्रोत- तेथर

४) माइकल सेलर - ४.४ अर्ब डलर कूल सम्पत्ति (७७० मिलियन डलर गत वर्ष) सम्पत्तिको स्रोत- बिटक्वाइन, माइक्रोस्ट्राटेजी

५) पाओलो आर्दोइनो - ३.९ अर्ब डलर कूल सम्पत्ति (१.८ अर्ब गत वर्ष) सम्पत्तिको स्रोत- तेथर

६) जीन-लुई वेन देर वेल्ड - ३.९ अर्ब डलर कूल सम्पत्ति (१.८ अर्ब गत वर्ष) सम्पत्तिको स्रोत- तेथर

७) क्रिस लार्सेन - ३.२ अर्ब डलर कूल सम्पत्ति (२.२ अर्ब गत वर्ष) सम्पत्तिको स्रोत- रिप्पल, एक्सआरपी

८) फ्रेड ईहर्साम - ३.२ अर्ब डलर कूल सम्पत्ति (९३० मिलियम डलर गत वर्ष) सम्पत्तिको स्रोत- क्वाइनबेस, प्याराडाइम

९) म्याथ्यु रोशजाक - ३.१ अर्ब डलर कूल सम्पत्ति (१.१ अर्ब गत वर्ष) सम्पत्तिको स्रोत- बिटक्वाइन, इथेरियम

१०) जेड म्याकक्यालेब - २.९ अर्ब डलर कूल सम्पत्ति (२.४ अर्ब डलर गत वर्ष) सम्पत्तिको स्रोत- एक्सआरपी सेल्स

११) क्यामेरोन विङ्कलवोस - २.७ अर्ब डलर कूल सम्पत्ति (१.२ अर्ब डलर गत वर्ष) सम्पत्तिको स्रोत-बिटक्वाइन, जेमिनाइ

१२) टेलर विङ्कलवोस - २.७ अर्ब डलर कूल सम्पत्ति (१.२ अर्ब डलर गत वर्ष) सम्पत्तिको स्रोत-बिटक्वाइन, जेमिनाइ

१३) माइक नोवोगार्ज - २.५ अर्ब डलर कूल सम्पत्ति, सम्पत्तिको स्रोत-बिटक्वाइन, ग्यालेक्सी डिजिटल होल्डिङ्स

१४) स्ट्यूअर्ट होग्नर - २.५ अर्ब डलर कूल सम्पत्ति (१.२ अर्ब डलर गत वर्ष) सम्पत्तिको स्रोत-तेथर

१५) टिम ड्रापर - २ अर्ब डलर कूल सम्पत्ति (६५० मिलियन अर्ब डलर गत वर्ष) सम्पत्तिको स्रोत-बिटक्वाइन

१६) निकिल विश्वानाथन - १.५ अर्ब डलर कूल सम्पत्ति (१.८ अर्ब डलर गत वर्ष) सम्पत्तिको स्रोत-आल्केमी

१७) जोइ लाउ - १.५ अर्ब डलर कूल सम्पत्ति (१.८ अर्ब डलर गत वर्ष) सम्पत्तिको स्रोत-आल्केमी

पछिल्लो अध्यावधिक: चैत २१, २०८० २१:१६