close

क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना पक्राउ

टेकपाना टेकपाना

चैत २२, २०८० १८:८

क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन विपरीत क्रिप्टो करेन्सीबाट वित्तीय कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट घर भई काठमाडौं टोखा बस्दै आएका ५४ वर्षीय शनि भण्डारी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानकर्ताबाट खटिएको प्रहरी टोलीले आज बिहीवार आरोपी भण्डारीलाई पक्राउ गरेको हो । केही व्यक्तिले गोप्य रूपमा क्रिप्टो कारोबार गर्दै आइरहेको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा भण्डारी पक्राउ परेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार उनको मोबाइलमा जीएमटी, यूएसडीटी, बीएसडब्लु, एसफएल र यूटीसी लगायतका क्रिप्टो करेन्सीहरूको कारोबार गरेको देखिएको थियो । उनीमाथि नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २२, २०८० १८:८