काठमाडौं । सोर्सकोड प्रालिले शेयर ब्रोकरहरूका लागि 'क्लाइन्ट लगइन' सिस्टम निर्माण गरेको छ । यस सफ्टवेयरबाट ब्रोकरहरूले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा दिने कम्पनीको दाबी छ ।
यस सफ्टवेयरमार्फत ग्राहकले कारोबारको सम्पूर्ण जानकारी पाउन सक्नुका साथै ग्राहकलाई ब्रोकरले दिने सेवामा पहुँच बढ्ने कम्पनीले उल्लेख गरेको छ ।
सफ्टवेयरमा पोर्टफोलियो स्वतः अपडेट हुने सुविधा पनि छ । शेयर कारोबार गरेलगत्तै यसमा ग्राहकको पोर्टफोलियो अपडेट हुनेछ । यो सेवा शेयर कारोबार गर्ने जोकोहीले लिन सक्नेछन् ।
यसका लागि पहिला आफ्नो ब्रोकरसँग लगइन आईडी र पासवर्ड लिनु पर्नेछ । खाता नभएका ग्राहकले पनि ब्रोकरको एप प्लेस्टोरबाट डाउनलोड गरी ट्रेडिङ साथै डिम्याट खाता पनि खोल्न सक्नेछन् ।
ग्राहकले भिडिओमार्फत पनि केवाईसी अपडेट गर्नसक्ने कम्पनीले जनाएकाे छ । साथै लाइभ मार्केट डेटा, कम्पनी डेटा, फन्डामेन्टल एन्ड टेक्निकल एनालिसिस, कर्पोरेट एक्सन जस्ता शेयर बजार सम्बन्धी सम्पूर्ण जानकारी यस सफ्टवेयरमा उपलब्ध छ ।
त्यसैगरी, फ्लोरशिट, पुराना डेटा र पावरफुल स्टक हिट म्याप फिचर पनि राखिएको छ । यसमा ग्राहकले शेयर खरिद बिक्रीको पनि नोटिफिकेसन प्राप्त गर्न सक्नेछन् । साथै, एआई एसिस्टेन्स मार्फत ग्राहकले ब्रोकरसँग आफ्नो जिज्ञासा पनि राख्न सक्ने व्यवस्था छिट्टै हुने कम्पनीले जनाएको छ ।