close

डिजिटल माध्यमबाट एसईई नतिजा सार्वजनिक गर्ने कम्पनी खोज्दै परीक्षा बोर्ड

टेकपाना टेकपाना

जेठ २३, २०८१ १५:३४

डिजिटल माध्यमबाट एसईई नतिजा सार्वजनिक गर्ने कम्पनी खोज्दै परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसैबीच कार्यालयले एसईई नतिजा डिजिटल माध्यमबाट सार्वजनिक गर्न इच्छुक सेवा प्रदायकलाई निवेदन पेश गर्न आह्वान गरेको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै बोर्डले एसएमएस, आईभीआर र वेबसाइटबाट प्रकाशन गर्न इच्छुक संघसंस्था वा कम्पनीलाई यस्तो आग्रह गरेको हो । 

बोर्डको सूचना अनुसार इच्छुक संस्थाले प्रचलित कानुन बमोजिम दर्ता भई आर्थिक वर्ष २०७९/८० को कर चुक्ता गरेको विवरणसहित आवेदन दिन सक्नेछन् ।

ती कम्पनीले एसईईको नतिजा एसएमएसमार्फत प्रकाशन गर्न ४० हजार, वेबसाइटबाट २० हजार, एसएमएस/वेबसाइटबाट ६० हजार, एसएमएस/आईभीआर/वेबसाइटका लागि एक लाख रुपैयाँका दरले राजश्व बुझाउनु पर्ने बताइएको छ । इच्छुक कम्पनीले ५ असारभित्र आवेदन दिन सक्नेछन् । 

हेर्नुहोस् सूचना



 

पछिल्लो अध्यावधिक: असार २, २०८१ १०:४६