close

रिल्स बनाउने क्रममा झरनामा खस्दा इन्स्टाग्राम इन्फ्ल्युन्सरको मृत्यु

टेकपाना टेकपाना

साउन ३, २०८१ १३:२

रिल्स बनाउने क्रममा झरनामा खस्दा इन्स्टाग्राम इन्फ्ल्युन्सरको मृत्यु

काठमाडौं । इन्स्टाग्रामका लागि रिल्स बनाउने क्रममा चिप्लिएर झरनामा खस्दा भारतीय इन्फ्ल्युन्सर आन्भी कामदारको मृत्यु भएको छ । २७ वर्षीया आन्भी ३०० फिट अग्लो झरनाबाट बुधबार खसेकी थिइन् । 

उनको उद्धार गर्न सहयाद्री वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका उद्धारकर्ता खटिएका थिए । उद्धार गरेर ल्याउँदासम्म उनी जिवितै थिइन् । उपचारका लागि अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उनी आफ्ना सात जना साथीसँग मनगाउँ जिल्लाको कुम्बे झरनामा पुगेकी थिइन् । रिल्स बनाउने क्रममा चिप्लिंदा उनी झरनामा परी ३०० फिट तल झरेकी थिइन् । 

इन्स्टाग्राममा दुई लाख ६० हजार बढी फलोअर भएकी कामदार विशेषगरी पर्यटन प्रवर्द्धन गर्ने इन्फ्ल्युन्सरका रूपमा परिचित थिइन् । त्यसबाहेक उनी 'डेलोइट' नामक प्रविधि कम्पनीमा चार्टर अकाउन्टेन्टको काम गर्थिन् ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८१ १३:१०