काठमाडौँ । ओमोडाको नेपालस्थित आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ अभियानअन्तर्गत देशभर ३००० विरुवाको वृक्षारोपण गरेको छ ।
दक्षिणकाली नगरपालिकाको डोल्लु सामुदायिक वनमा ‘ओ-फरेस्ट’ योजनासहित सम्पन्न भएको यो कार्यक्रममा स्थानीय बासिन्दा, विद्युतीय सवारी चालक र ग्राहकहरूको सहभागिता रहेको थियो ।
ओमोडाले आधुनिक प्रविधि तथा पर्यावरणमैत्री परियोजनाहरू मार्फत वातावरण संरक्षण गर्ने लक्ष्यसहित ‘ग्रिन नेपाल, ग्रिनर फ्युचर’ नाराको साथ यो योजना ल्याएको हो ।
एसपीजी अटोमोबाइल्सले डोल्लु सामुदायिक वनमा १५०० विरुवा रोप्नुका साथै इलाममा ‘रेड पान्डा नेटवर्क’सँग सहकार्य गरी रेड पान्डाको संरक्षणका लागि थप १५०० विरूवा रोपेको छ ।
एसपीजी अटोमोबाइल्सले काठमाडौँको वातावरण प्रदूषण न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका लागि समुदायसँग हातेमालो गर्दै वातावरण संरक्षणका योजना सञ्चालन गर्दै आइरहेको छ ।